सोमबार, ७ बैशाख २०८३
२६ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३ अंकमा झरेको छ । नेप्से सूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा कुल ९ कम्पनीको मूल्य बढ्दा २४२ कम्पनीको मूल्य घटेको हो। सबै उपसमूहका सूचकहरू ओरालो लागेका छन् ।
सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन समूहमा ४.८४ प्रतिशत र अन्य समूहमा ४.७९ प्रतिशत रहेको छ। त्यस्तै, बैंकिङ समूह २.३० प्रतिशत, विकास बैंक २.९३ प्रतिशत, फाइनान्स ३.६७ प्रतिशत, हाइड्रोपावर ३.७९ प्रतिशत, लगानी समूह ३.१३ प्रतिशत, जीवन बीमा २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.९४ प्रतिशत, माइक्रोफाइनान्स २.८८ प्रतिशत, निर्जीवन बीमा २.३२ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशतले घटेका छन्।
मूल्य वृद्धि गर्ने कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशतले बढेको छ। त्यसपछि पन्चकन्या माइ हाइड्रोपावरको ४.९० प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशतले वृद्धि भएको छ। उता, बजारमा सबैभन्दा धेरै घट्ने कम्पनीमा बुटवल पावर कम्पनी अगाडि रहेको छ। यसको मूल्य ९.२७ प्रतिशतले घटेको छ। त्यसपछि नेपाल पुनर्बीमा ९.१५ प्रतिशत, राधि विद्युत ८.५० प्रतिशत, सीईडीबी होल्डिङ्स ८.४५ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर ८.२७ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स रहेका छन्।