आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जनार्दनले नपत्याउँदैमा आन्दोलन रोकिँदैन : प्रचण्ड

प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताए ।

१२ भदौ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले नपत्याउँदैमा पार्टी  आन्दोलन नरोकिने बताएका छन् ।  पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन् । पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, प्रभाकर एकजनाले  नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन । शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने बताउंदै प्रचण्डले  आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्ने बताए । 

प्रचण्डले समाजवादी मोर्चा र अन्यसँग पार्टी एकताको सम्भावना रहेको बताएक छन् भने यसका लागि वार्ता संवाद चलिरहेको जानकारी दिए । विद्या भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकीकरण गर्ने हाे भन्ने प्रश्नमा प्रचण्डले आफूहरू त्यस्तो विषयमा अहिले प्रवेश नै नगरेको बताएका छन् । प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको बताउदै  आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताए ।