सोमबार, ७ बैशाख २०८३
काठमाडौँ । राजधानी बाहिर बस्ने रुपाले आफ्नो छोरा विदेश पढ्न पठाउन बैंकमा पैसा मुद्दति निक्षेप (Fixed Deposit) गरेर राखेकी थिइन्। तर छोराको भिसा अचानक आएपछि उनि तनाबमा परिन् पैसा मुद्दति निक्षेपमा छ अब त्यसलाई तोड्नुपर्यो भने उल्टो जरिवाना तिर्नुपर्छ । के गर्ने भन्ने दोधारमा परिन् । उनलाई एकजना साथीले नबिल बैंकको Loan Against fixed Deposit (LAFD ) सेवाको बारेमा बताए । उनीले तद्काल नबिलको nBank एप खोलेर हेरिन । केवल केहि समयमा नै न कुनै कागजपत्र, न शाखामा धाउनुपर्ने झन्झट बिना नै नबिल बैंकको पूर्णतः डिजिटल रुपमा उनको मुद्दति निक्षेप कै आधारमा तुरुन्तै कर्जा स्वीकृत गरिदियो। रकम पनि त्यत्तिकै छिटो खातामा आएपछि उनी खुसी भईन ।
एक क्लिकमै कर्जा? त्यो पनि बैंकमा नपुगेर? के हो LAFD ?
मुद्दति निक्षेप धितो कर्जा मूलतः ग्राहकले आफ्नै बचतलाई सुरक्षित राखेर आवश्यक रकम तुरुन्त निकाल्न सकिने आर्थिक ‘सुरक्षा कवच’ हो। यसमा बैंकले मुद्दति निक्षेप नै धितो राखेर कर्जा दिने गर्दछ। कर्जाको अबधि एक दिनदेखि एक बर्षसम्मको रहेको छ । यो सेवाले ग्राहकलाई घरमा नै बसी खातामा पैसा जम्मा गरिदिन्छ भने त्यसको लागि न त कागजपत्र दिनुपर्छ, न त काउन्टर नै धाउनुपर्छ ।
नबिल बैंकले यो सेवा सन् २०२२ डिसेम्बरमा सुरुवात गरेको हो । यस सेवाले ग्राहकलाई आपतकालीन अवस्थामा तुरुन्त राहत दिने काम गर्दछ । ग्राहकले मुद्दति निक्षेपमा भएको पैसा आपतकालीन अवस्थामा मुद्दति निक्षेप नतोडीकनै तुरुन्त ऋण पाउँदछन । कसैलाई आकस्मिक स्वास्थ्य खर्च, कसैलाई छोराछोरीको कलेज फी त कसैलाई व्यापारमा तुरुन्तै रकम चाहिने परिस्थिति आएमा अब बैंकसम्म जान आबस्यक छैन । कर्जा र ब्याजको सबै हिसाब–किताब मोबाइलमा नै देखिने हुँदा यो LAFD सहज, पारदर्शी, सुरक्षित र पूर्णरूपमा ग्राहक–केन्द्रित डिजिटल कर्जाको नयाँ मानक मानिन्छ। मुद्दति निक्षेप जोगाएरै बिनाधितो सहज तर मुद्दति निक्षेपको सुरक्षासहित कर्जा लिने सुविधालाई डिजिटल बनाईएको हो ।
मुद्दति निक्षेप धितो राखेर कर्जा लिंदा मुद्दति निक्षेप परिपक्क हुने समय हेरिन्छ । यदि मुद्दति निक्षेप परिपक्क हुने समय ६ महिना मात्र बाँकि छ भने ऋण पनि ६ महिनाको लागि मात्र पाइन्छ । तर मुद्दति निक्षेप परिपक्क हुने समय २ बर्ष छ भने १ बर्ष र ९०% मुद्दति निक्षेपको रकम कर्जा पाउन सकिन्छ । त्यस्तै मुद्दति निक्षेप परिपक्क हुने समय २ बर्षभन्दा धेरै छ भने १ बर्षपछी कर्जा नबिकरण गर्न सकिन्छ भने ८०% मुद्दति निक्षेपको रकम कर्जा पाउन सकिन्छ । यदि तपाईले थोरै समय एक हप्ता वा एक महिनामा नै कर्जा तिर्छु भन्ने हो भने तपाईले तिर्नुपर्ने ब्याजसहितको मुद्दति निक्षेप विवरण, कर्जा सीमा, ब्याजदर, सबै एपमा नै देखिन्छ ।
मुद्दति निक्षेप धितो कर्जामा ब्याज भने फिक्स डिपोजिटमा पाएको ब्याजदरमा २% मात्र थप लाग्ने गर्दछ । मुद्दति निक्षेप धितो कर्जामा बेस रेट र कुपन रेट + २%, कुन बढी छ त्यसैको आधारमा ब्याज निर्धारण हुने गर्दछ । यदि बेस रेट ८% छ र कुपन रेट ५ % छ भने मुद्दति निक्षेप धितो कर्जा बेस रेट अर्थात् ८% ब्याजमा नै ऋण पाइन्छ । तर यदि बेस रेट ५% छ र कुपन रेट ४ % छ भने मुद्दति निक्षेप धितो कर्जा कुपन रेट अर्थात् ४ % ब्याजमा २ % थप गरि ६% ब्याजमा ऋण पाइन्छ ।
कसरी लिने कर्जा
loan against fixed deposit लिनको लागि नबिल बैंकको nBank app जानुपर्दछ । एपमा गएपछि my account मा गएर fixed deposit मा क्लिक गरी fixed deposit account छानेर loan against fixed deposit मा tap गरी आफुलाई चाहिएको amount राख्नुपर्दछ । यसरी रकम राखेपछि terms & condition राम्ररी पढेर accept मा क्लिक गरेर OTP code राखेर confirm गरेर प्रक्रिया पूरा गर्नुपर्दछ । बैंकले २४/७ एपमार्फत ऋण दिने व्यवस्था बनाएको छ । यो प्रणाली पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित र OTP कोडमा आधारित भएकाले सुरक्षित र शाखारहित बैंकिङ सेवाको नमूना मानिन्छ।
यसको लागि चाहिने योग्यता
यो सुबिधा लिन पहिले ग्राहकको मुद्दति निक्षेप वैध छ कि छैन भनेर प्रणालीले नै चेक गर्दछ भने ब्याज मुद्दति निक्षेप मा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक ब्याज भुक्तानी हुनुपर्दछ। त्यस्तै मुद्दति निक्षेपमा कुनै अर्को रोकिने अवस्था (Lien) छ कि छैन भनेर यी सबै कुराहरू प्रणालीले नै रियल–टाइममा चेकजाँच गर्दछ। बैंकले प्रत्येक मुद्दति निक्षेप माथि एकपटक मात्र ऋण लिन सकिने व्यवस्था गरेको छ भने एकपटक ऋण लिएपछि पूर्ण रूपमा Settlement नगरी नयाँ आवेदन लिन नपाइने बैंकले जनाएको छ । तर बच्चाको ( Minor Accounts) र विदेशस्थित ग्राहकको खातामा भने यो सुबिधा उपलब्ध छैन । यो सेवा एकल खातामा मात्र उपलब्ध छ ।
अनलाइनमार्फतै पूर्ण रूपमा भुक्तानी
nBank को Loan Against Fixed Deposit (LAFD) सेवामा ग्राहकले आफ्नो ऋण पूर्ण रूपमा अनलाइनमार्फतै मोबाइल एपबाटै सजिलै भुक्तानी गर्न सक्नेछन। ऋणीले एपको Loans → Settle Loan मेनुमा गएर भुक्तानी गरेको २४ घण्टा भित्र ऋण सेटलमेन्ट हुने बैंकले जनाएको छ। तर आंशिक सेटलमेन्ट (Partial Settlement) भने हाल एपमार्फत उपलब्ध गरिएको छैन। यदि ग्राहकले यस्तो भुक्तानी गर्न चाहेमा इमेलमार्फत वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।
सन् १९८४ मा स्थापित नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले बिगत चार दशकभन्दा बढी समयदेखि नेपाली बैंकिङ क्षेत्रलाई विश्वसनीय, गुणस्तरीय र प्रविधिमैत्री सेवा दिंदै आएको छ। बैंकका मुद्दति निक्षेपकर्ताहरुले बैंकको मोबाइल एप nBank app वा वेबसाइट www.nabilbank.com मार्फत मुद्दति निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन्। यसरी कर्जा लिंदा रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ भने यसका लागि कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन। यस सेवाले मुद्दति निक्षेपलाई केवल बचतको मात्र माध्यम नभई तुरुन्त उपलब्ध हुने डिजिटल वित्तीय सुरक्षा (Emergency Credit Backup) को रूपमा समेत रूपान्तरण गरेको छ।