मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रदेश बन्यो मन्त्री उत्पादन गर्ने कारखाना : साढे २ वर्षमा २५ मुख्यमन्त्री, २ सय ६६ मन्त्री

सबैभन्दा अस्थिर कोशी प्रदेश देखिएको छ । यहाँ साढे दुई वर्षमा ६ पटक सरकार फेरिएको छ । सत्ताका लागि अशोभनीय खेल पनि कोशीमा भए । धेरै सरकार बनाउने प्रदेशमा कोशीपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम छन्, जहाँ अहिलेसम्म चार–चार सरकार बनिसकेका छन् । त्यस्तै, बागमतीमा तीन तथा मधेश र कर्णालीमा दुई–दुई सरकार बनेका छन् ।

पहिलो कार्यकाल अस्थिरतामै बिताएका प्रदेशहरूको दोस्रो कार्यकाल पनि सत्ता खिचातानीमै बित्दै छ । सत्ता समीकरणका लागि संघमा भइरहने गठबन्धन हेरफेरको प्रत्यक्ष असर प्रदेशमा पनि देखिने गरेको थियो, त्यहीअनुसार सरकार ढाल्ने र बन्ने खेल हुने गरेका थिए । तर, पछिल्लोपटक बागमतीमा आफ्नै दलको सरकार ढालेर कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका छन् । 

सत्ताको ‘म्युजिकल चियर’ले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने ‘कारखाना’ बनेका छन् । ०७९ मंसिरको निर्वाचनयताको साढे दुई वर्षमा सातवटै प्रदेशले २५ मुख्यमन्त्री पाइसकेको छ । यस प्रदेश सरकारमा अवधिमा २६७ मन्त्री बनेका छन् । बागमती सरकारले पूर्णता पाइनसकेका कारण केही दिनमै मन्त्रीको यो संख्या बढ्ने निश्चित छ ।

सबैभन्दा अस्थिर कोशी प्रदेश देखिएको छ । यहाँ साढे दुई वर्षमा ६ पटक सरकार फेरिएको छ । सत्ताका लागि अशोभनीय खेल पनि कोशीमा भए । धेरै सरकार बनाउने प्रदेशमा कोशीपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम छन्, जहाँ अहिलेसम्म चार–चार सरकार बनिसकेका छन् । त्यस्तै, बागमतीमा तीन तथा मधेश र कर्णालीमा दुई–दुई सरकार बनेका छन् ।

पछिल्लोपटक कांग्रेसभित्रैको किचलोले बागमतीमा सरकार फेरिएको घटनाको असर अन्य प्रदेशमा पनि पर्न सक्ने जोखिम रहेको संघीयताविद् खिमलाल देवकोटा बताउँछन् । ‘संघमा गठबन्धन फेरबदल भइरहने र त्यसको मार प्रदेशले खेप्नुपर्ने समस्या त थियो नै । तर, अब हाम्रो पालो आयो भनेर आफ्नै दलको सरकार ढाल्ने खेल पनि सुरु भयो,’ उनी भन्छन्, ‘यसको असर सुदूरपश्चिममा पहिले देखिन सक्छ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।