आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

संसद विघटन गरिने, सुशीला कार्कीको शपथ आज हुने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै सरकार प्रमुख ( प्रधानमन्त्री ) बनाउने  सहमति जुटेको छ । शुक्रबार भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । जेनजी आन्दोलनकारीले  शितलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताएका थिए । 

राष्ट्रपतिले कार्कीलाई राति ९ बजे शपथ खुवाउने छन् । लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको हो  । वार्तामा जेनजी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।