मङ्गलबार, ८ बैशाख २०८३
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा ) को विशेष साधारण सभा अर्को सूचना नआएसम्मको लागि हाललाई स्थगित गरिएको छ । भाद्र १९ गते बसेको नाडाको २२ औं केन्द्रीय कार्य समितिको बैठकले यही २०८२ भाद्र २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएको नाडाले जनाएको छ। नाडाले अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने बेहोरा सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको छ ।