सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अनलिमिटेड बेभरेज’ र ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ का साथ हयात प्लेसले सन् २०२६ को भव्य स्वागत गर्ने

रुपन्देही, बुटवल – हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ। खुला आकाशमुनि र ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’ सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको छ। यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन्। साथमा ‘लाइभ बार्बिक्यु’ (बदेल) को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म उर्जाशील बनाउँने छ।

कार्यक्रमका प्याकेजहरूः
कपल पार्टी प्याकेज – ने.रु. १६,९९९ । भा.रु. १०,६२५
(दुई जनाको लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश)
स्टे एण्ड पार्टी प्याकेज – ने.रु. २४,९९९ । भा.रु. १५,६२५
(दुई जनाको लागि एक रातको बसाई/स्टे, अनलिमिटेड बेभरेज सहित पार्टी प्रवेश र बिहानको ब्रेकफास्ट समावेश)

अर्ली बर्ड अफर (२८ डिसेम्बर २०२५ सम्म मान्य):
कपल पार्टी प्याकेज – ने.रु. १२,९९९ । भा.रु. ८,१२५
स्टे एण्ड पार्टी प्याकेज – ने.रु. १९,९९९ । भा.रु. १२,४९९
सीमित टेबलहरू मात्र उपलब्ध भएकोले, यो खुला आकाशमुनिको ‘पुलसाइड’ उत्सवले नयाँ वर्षमा पाइला टेक्नको लागि एक ग्ल्यामरस र उत्साहजनक अनुभव प्रदान गर्नेछ।

यस अवसरमा बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले आफ्नो योजनाबारे भन्नुभयो, “यस नयाँ वर्षमा हाम्रो उद्देश्य भनेको खुला, ऊर्जावान र कहिल्यै नबिर्सिने अनुभव प्रदान गर्नु हो। डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ ले स्वतन्त्रता र खुसीको महसुस गराउनेछ। हाम्रा पाहुनाहरूले सन् २०२६ को सुरुवात पूर्ण जोस (भाइब्रेन्सी) र स्टाइलका साथ गरून् भन्ने हाम्रो चाहना हो।”
रिजर्भेसनका लागि +९७७ ९७०–५४६३०२८ / ९७०–५४६३०२७ मा सम्पर्क गर्न सक्नुहुनेछ भने 
थप जानकारीको लागि हयात प्लेस बुटवलको वेबसाइट : hyattplacebutwal.com मा जान सक्नुहुनेछ।

(नोटः यस विज्ञप्तिमा “हयात“ शब्दले हयात होटेल्स कर्पोरेसन वा यसका सम्बद्ध संस्थाहरूलाई जनाउँछ।)

हयात प्लेसको बारेमा
हयात प्लेस होटेलहरूले स्टाइल, नवीनता र चौबिसै घण्टा उपलब्ध सुविधाहरूलाई संयोजन गरेर आजका व्यस्त यात्रीहरूका लागि सहज अनुभव सिर्जना गर्दछन्। यहाँ पाहुनाहरूले सुत्न, काम गर्न र रमाइलो गर्नको लागि छुट्टाछुट्टै जोनहरू भएको डिजाइन, तथा काम र आरामबीच सन्तुलन मिलाउने सोसियल स्पेसहरूको आनन्द लिन सक्छन्। विश्वभर ४४० भन्दा बढी स्थानहरूमा रहेका हयात प्लेस होटेलहरूले सुविधाजनक डाइनिङ, २४/७ फिटनेस सेन्टर र हरेक बिहान हट ब्रेकफास्ट जस्ता सुविधाहरू प्रदान गर्दछन्। थप जानकारीको लागि #HyattPlace हेर्न सक्नुहुन्छ। फेसबुक र इन्स्टाग्राममा ३ज्थबततएबिअभ ट्याग गरेर जोडिनुहोस्।

हयात होटेल्स कर्पोरेसनको बारेमा
शिकागोमा मुख्यालय रहेको हयात होटेल्स कर्पोरेसन एक अग्रणी विश्वव्यापी हस्पिटालिटी कम्पनी हो, जसको मुख्य उद्देश्य मानिसहरूको हेरचाह गर्नु हो ताकि उनीहरूले आफ्नो उत्कृष्ट अनुभव गर्न सकून्। ३० सेप्टेम्बर २०२५ सम्मको तथ्यांक अनुसार, कम्पनीको पोर्टफोलियोमा ६ महादेशका ८२ देशहरूमा १,४५० भन्दा बढी होटेल र अल–इन्क्लुसिभ प्रोपर्टीहरू समावेश छन्। कम्पनीका ब्रान्डहरूमा पार्क हयात, अलि ला, मिराभल, इम्प्रेसन बाइ सिक्रेट्स, द अनबाउन्ड कलेक्सन बाइ हयात, अन्दाज, थमसन होटेल्स, द स्ट्यान्डर्ड, ड्रिम होटेल्स, द स्ट्यान्डर्डएक्स, ब्रेथलेस रिसोट्र्स एण्ड स्पा, जेडिभी बाइ हयात, बङ्कहाउस होटेल्स, र मी एण्ड अल होटेल्स लगायतका लक्जरी र लाइफस्टाइल ब्रान्डहरू पर्दछन्। 

साथै, इन्क्लुसिभ कलेक्सन अन्तर्गत जोएट्री वेलनेस एण्ड स्पा रिसोट्र्स, हयात जिभा, हयात जिलारा, सिक्रेट्स रिसोट्र्स एण्ड स्पा, ड्रिम्स रिसोट्र्स एण्ड स्पा, हयात विभिड होटेल्स एण्ड रिसोट्र्स, सनस्केप रिसोट्र्स एण्ड स्पा, अलुवा होटेल्स एण्ड रिसोट्र्स, र बहिया प्रिन्सिपे होटेल्स एण्ड रिसोट्र्स समावेश छन्। क्लासिक्स र इसेन्सियल्स पोर्टफोलियोमा ग्रान्ड हयात, हयात रिजेन्सी, डेस्टिनेसन बाइ हयात, हयात सेन्ट्रिक, हयात भ्याकेसन क्लब, क्याप्सन बाइ हयात, अनस्क्रिप्टेड बाइ हयात, हयात प्लेस, हयात हाउस, हयात स्टुडियोज, हयात सिलेक्ट र युरकोभ जस्ता ब्रान्डहरू रहेका छन्। कम्पनीका सहायक कम्पनीहरूले वर्ल्ड अफ हयात लोयल्टी प्रोग्राम, एएलजी भ्याकेसन्स, मिस्टर एण्ड मिसेस स्मिथ, अनलिमिटेड भ्याकेसन क्लब, एमस्टार डीएमसी र ट्राइसेप्ट सोलुसन्स जस्ता सेवाहरू सञ्चालन गर्छन्। थप जानकारीको लागि www.hyatt.com मा हेर्नुहोला।