सोमबार, ७ बैशाख २०८३
काठमाडौँ । नेपाली बैंकिङ क्षेत्र अहिले परिवर्तन, प्रतिस्पर्धा र नियामकीय कडाइको चरणमा छ । यस्तै संवेदनशील वातावरणमा धेरै नेतृत्व दबाबमा छन्। तर यी सबैमध्ये पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै चर्चा, विवाद र अभियानको लक्ष्य बन्न पुगेकी एक महिला बैंकर छिन्— रश्मी पन्त, प्रभु बैंककी Chief Business Officer (CBO)। नेपाली बैंकिङ क्षेत्रमा रहेका केही महिला नेतृत्वमध्ये पछिल्लो समय सबैभन्दा धेरै चर्चाको केन्द्रमा परेकी व्यक्ति हुन्— रश्मी पन्त। प्रभु बैंकमा बिजनेस प्लानिङ अफिसरका रूपमा प्रवेश गरेकी पन्त क्रमशः कर्पोरेट हेड, एचआर हेड, चिफ कर्पोरेट प्लानिङ अफिसर, चिफ अपरेटिङ अफिसर (COO) हुँदै अहिले बैंकको तेस्रो वरीयताको चिफ बिजनेस अफिसर (CBO) मा कार्यरत छिन्।
जुनियर अफिसरबाट शुरु भएको उनको करिअर अहिले बैंकको तेस्रो वरीयता अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डेपुटी सीईओ पछि रहेको छ । उनको यो आरोहण आफैँमा चुनौती, श्रम र क्षमताले बुनेको यात्रा हो। तर यति हुँदाहुँदै पनि उनी निरन्तर मिडिया ट्रायल, अन्योलपूर्ण आरोप–प्रत्यारोप र चरित्रहत्या प्रयासको केन्द्र बनिरहेकी छिन् । अहिलेको चुनौतीपूर्ण परिवेशमा महिला नेतृत्वलाई सहज लक्ष्य बनाउने प्रवृत्ति तीव्र छ। पन्त पनि यही ‘सिस्टमेटिक टार्गेटिङ’ को भुक्तभोगी बनिरहेकी छिन् । बैंक भित्र उनी अनुशासनशील, लक्ष्य–उन्मुख र निर्णय क्षमतामा दृढ उदाहरणका रूपमा परिचित छिन् ।
आजको चुनौतीपूर्ण बैंकिङ वातावरणमा, रश्मी पन्तको प्रसङ्ग केवल एक सफल महिला बैंकरको कथा होइन-यो नेपाली संस्थागत संस्कृतिमा महिला नेतृत्व कसरी उकासिन्छ र कसरी गिराइने प्रयास गरिन्छ भन्ने उदाङ्गो प्रमाण हो। सामाजिक मनोविज्ञानको प्रतिनिधि छवि पनि हो। अभियान, आरोप र विवादका बाबजुद पन्त आज पनि बैंकको सर्वाधिक प्रभावशाली नेतृत्वमध्ये एक हुन्। उनी बैंकमा प्रवेश गर्दा बैंक विस्तार, नेटवर्क व्यवस्थापन र प्रतिस्पर्धी रणनीतिमा देशैभर कडा दाउपेच चलिरहेको समय थियो। योजना निर्माण र कार्यान्वयनको जिम्मेवारीले नै उनलाई संस्थागत दृष्टिकोणबाट ‘सम्पूर्ण बैंक हेर्ने’ कार्यशैली सिकायो।
रश्मीको नेतृत्व स्पष्ट छ—कठोर, व्यवहारिक र परिणाममूलक। बैंकमा रहेको उनको भूमिका संस्थागत निरन्तरताका लागि महत्वपूर्ण छ। जहाँ महिला नेतृत्व सफल हुन्छ, त्यहाँ शक्ति–केन्द्रित घेरा सक्रिय हुन्छ। हो आज रश्मी पन्तमाथिका धेरै आक्षेप भावनात्मक र व्यक्तिगत प्रकृतिका देखिन्छन्, प्रमाणिकता कमजोर छ । प्रमाणविहीन टिप्पणी, फेसबुक–युट्युबमा गरिने आधारहीन सामग्रीमार्फत उनलाई बदनाम गर्ने प्रयास नियमित बन्दै गएको छ। तर तीमध्ये धेरै आरोप न दस्तावेजमा टेकेको छ , न नियामक निकायहरूले पुष्टि गरेको देखिन्छ। मिडियामा देखिने भन्दा ठूला काम रश्मी पन्तले चुपचाप गरिरहेकी छिन् ।
तर निसाना पनि त्यही कारणले बनाइन्छ—उच्च प्रोफाइल, प्रभाव, र महिला नेतृत्व। रश्मी पन्त अहिले प्रभु बैंकको नेतृत्व संरचनामा महत्वपूर्ण निर्णयकर्तामध्ये एक हुन्। उनलाई लक्ष्य गरिएका आधारहीन आरोप, आवेगमा लेखिएका सामग्री वा उत्तेजित सामग्रीले एक सफल व्यावसायिक व्यक्तित्वलाई कमजोर पार्ने प्रयास त अवश्य गर्दछ । तर नेपालजस्तो पितृसत्तात्मक संरचनाले निर्देशित संस्थागत संस्कृतिमा यो उचाइमा पुग्नु आफैँमा ठूलो उपलब्धि हो। पछिल्ला २–३ वर्षमा सामाजिक सञ्जाल, युट्युब च्यानल र केही अनलाइन संचारमाध्यमहरूले पन्तमाथि निरन्तर रूपमा विभिन्न आरोप लगाउँदै आएका छन्।
तीमध्ये धेरै अप्रमाणित, भावनात्मक, पूर्वाग्रही र कहिलेकाहीँ व्यक्तिगत प्रकृतिका देखिन्छन्। उनको नाम लगातार मिडिया ट्रायल, युक्तिसंगत आधारविहीन आरोप र सामाजिक सञ्जाल–केन्द्रित चरित्रहत्या अभियानसँग जोडिएको जस्तो देखिन्छ । महिला नेतृत्व उच्च पदमा पुग्दा प्रतिद्वन्द्वीहरु मात्र बढ्दैनन्, समाजिक–भावनात्मक प्रतिरोध पनि उस्तै बढ्छ । नेतृत्व सम्हाल्दा उनीहरू स्वार्थ–केन्द्रित घेराको आक्रमणको शिकार बन्छन् । संस्थागत प्रतिस्पर्धामा महिला नेतृत्वलाई गम्भीर निगरानी भन्दापनि आरोप–प्रत्यारोप सजिलो हतियार मानिन्छ । पन्तको केसमा यी सबै तत्व एकै–पटक सक्रिय भएका देखिन्छन्।
मिडिया ट्रायल केवल चर्चा परिचर्चा सामग्री होइन— यसले व्यक्तिगत र संस्थागत दुवै पक्षमा प्रभाव पार्छ । नेपालमा नियामक निकाय कमजोर हुँदा चरित्रहत्या सामाजिक-मनोरञ्जनको विषय बनेको छ, तर बैंकिङ क्षेत्र यस्तो मनोरञ्जनले चल्दैन। प्रभु बैंकको उच्च व्यवस्थापनमा ‘चिफ बिजनेस अफिसर’ का रूपमा लामो समय काम गरेकी रश्मिलाई आफ्नै नेतृत्वमा बैंक हुँदा कस्तो बनाउन सकिन्छ भन्ने हेर्ने चाहाना छ । अहिले उनले व्यक्तित्व विकासमा पनि उत्तिकै ध्यान दिन थालेकी छिन् ।
जुन क्षेत्रमा जोडिए पनि नेतृत्व लिनुपर्छ भन्ने सोच भएकी रश्मिले बैंक भित्रका हरेक क्षेत्रलाई नजिकबाट अध्ययन तथा विश्लेषण गर्ने गरेकी छिन् । उनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र अन्तर्गत परराष्ट्र मामिलामा विद्यावारिधि (पीएचडी) गरिरहेकी छिन। रश्मि बैंकरसँगै समाजसेवी पनि हुन् । उनले समाजसेवा गर्ने उद्देश्यले मिर्मिरे फाउन्डेसन स्थापना गरेर विभिन्न काम गर्दै आएकी छिन् ।