सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । आज मंगलबार बसेको प्रभु बैंकको सञ्चालक समिति बैठकले  शर्मालाई  आजदेखि लागू हुनेगरी  सीईओमा नियुक्त गरेको छ । उनले यस अघि ग्लोबल आईएमई बैंक , माछापुच्छ्रे बैंक र  एनएमबि बैंकमा काम गरिसकेका छन । एनएमबीमा १० वर्ष, माछापुच्छ्रे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना उनले काम गरेका थिए । उनको कार्यकाल ४ वर्षको रहेको छ ।  उनी  छोटो समयको लागि सनराइज बैंकको सीईओ समेत भएका थिए । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर  गरेका छन् भने नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर गरेका छन् ।