आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एक अर्ब ६९ करोडमा बनाइएको भ्युटावरको मासिक आम्दानी ६ लाख ७९ हजार

व्यापारिक कम्प्लेक्स भने पनि अवलोकन केन्द्रका रूपमा मात्र प्रयोग भएको भ्युटावरमा साउनमा ६ हजार सात सय १३ जनाले अवलोकन गरेका छन् । ३१ वैशाखको मन्त्रिपरिषद् बैठकले दमक भ्युटावरलाई शुल्क लिएर अवलोकन गर्न पाइने स्वीकृति दिएसँगै १ साउनबाट सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।

दमकमा निर्माण गरिएको भ्युटावरलाई बिजनेस कम्प्लेक्स नाम दिएर व्यापारिक केन्द्र बनाउने घोषणा गरिए पनि सञ्चालनमा आएको नौ महिना बित्दा पनि अवलोकन केन्द्रका रूपमा सीमित भएको छ । गत २३ मंसिरमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै भ्युटावरले ठुला–ठुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आकर्षित गर्नुका साथै देशकै महत्वपूर्ण व्यापारिक केन्द्र बन्ने दाबी गरेका थिए । तर, राज्य कोषबाट एक अर्ब ६९ करोड खर्चिएर बनाएको भ्युटावरले एक महिनामा ६ लाख ७९ हजार मात्रै आम्दानी गरेको छ । 

व्यापारिक कम्प्लेक्स भने पनि अवलोकन केन्द्रका रूपमा मात्र प्रयोग भएको भ्युटावरमा साउनमा ६ हजार सात सय १३ जनाले अवलोकन गरेका छन् । ३१ वैशाखको मन्त्रिपरिषद् बैठकले दमक भ्युटावरलाई शुल्क लिएर अवलोकन गर्न पाइने स्वीकृति दिएसँगै १ साउनबाट सर्वसाधारणले अवलोकन गर्न पाएका छन् । प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको अवलोकनकर्ताको सवारीसाधनका लागि भने छुट्टै शुल्क लाग्ने निर्णय भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।