आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

असोज महिनाको राशिफल हेर्नुहोस!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, ) : मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। सूर्यको षष्ट भावमा गोचरले प्रतिस्पर्धी प्रतियोगितामा विजयी भइनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। अरुलाई दिएको ऋण फिर्ता लिने समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। मानसिक तनाव अनिन्द्रा पेट सम्बन्धी समस्याले सताउनेछ। मंगलको सप्तम भावमा गोचरले दाम्पत्य जीवनमा जीवनसाथीसँग कुनै कुरालाई लिएर वादविवादका योग छन्। धैर्यताको कमीले व्यापार व्यवसायमा नोक्सानी खेप्नुपर्ला। कार्यक्षेत्रमा सतर्क भएर अघि बढ्नुहोस्। सेवामूलक काममा र नयाँ प्रोजेक्ट आदिमा काम गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूलाई समय राम्रो रहेको छ। सांस्कृतिक वा सामाजिक कार्यक्रमहरूमा आफ्नो प्रतिभालाई दर्शाउन सकिनेछ। प्रेम सम्बन्धमा प्रेमिसँग सामिप्यता बढ्नेछ। सदैव सकारात्मक ऊर्जामा वृद्धिको लागि भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।

वृष ( , , , , वा, वि, वु, वे, वो ) : वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्यको पञ्चम भावमा गोचरले विद्यार्थीहरूको लागि समय अनुकूल रहनेछ। शिक्षाको क्षेत्रमा एकाग्रता बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक र सामाजिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। महिनाको मध्यदेखि सूर्य र बुधको युतिले वाक्यचातुर्यताबाट कार्यक्षेत्रमा कार्य सम्पादन गर्न सक्नुहुनेछ। युवावर्गहरूको लागि करियरलाई लिएर नयाँ अवसरहरू ल्याउनेछ। शुक्रको चतुर्थ स्थानमा गोचरले व्यवसायमा स्थिरता लेर आउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। सौन्दर्यता र आभूषण अलंकार आदिको व्यापार विशेष लाभदायी रहनेछ। स्वास्थ्य सबल रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस। सदैव भगवतिको पूजा गरेर दिनको प्रारम्भ गरौं।

मिथुन ( का, कि, कु, , , , के, को, हा ) : मिथुन राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ भावमा सूर्यको गोचरले आत्मबलमा कमी आउनेछ। परिवारमा जिम्मेवारी बढ्नेछ। समस्या दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। महिनाको मध्यदेखि बुधको युतिले नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आँटेको कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेवास्था नगर्नुहोस्। वैवाहिक सम्बन्धमा असमझदारी बढ्न सक्छ सावधान रहनुहोला। शुक्रको तृतीय स्थानमा गोचरले भाइबहिनीहरूसँग आत्मयीता बढ्नेछ। दूरसञ्चार वा लेखन कार्यबाट आर्थिक लाभका संकेत छन्। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा सानातिना गलतफहमीलेगर्दा सम्बन्धमा चिसोपन आउन सक्छ। सदैव भगवान गणेशको ध्यान गरेर दिनको प्रारम्भ गरौं।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : कर्कट राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। तृतिय स्थानमा सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। मंगल चतुर्थ भावमा गोचर गर्नाले जग्गा जमिनको क्रय विक्रय सम्बन्धी समस्याहरु सुल्झिनेछन्। ठेक्कापट्टा व निर्माण सम्बन्धी कार्यबाट विशेष लाभ लिन सकिनेछ। जीवनसाथीको स्वास्थ्य लाई लिएर चिन्ता रहनेछ। वैवाहिक सम्बन्धमा संघर्षका योग छन्। संयमित व्यवहारले सम्बन्धलाई राम्रो बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। भाषण कला आदिमा प्रगति हुनेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको द्वितीय भावमा गोचर गर्नाले आर्थिक पक्षमा धेरै सावधानी अपनाउनुपर्ने रहेको छ। फजुल खर्चदेखि बच्नुहोस्। घरपरिवारमा सानातिना कुराले मनमुटावको सम्भावना देखिएको छ सावधान रहनुहोला। धैर्यताको कमी रहनेछ। महिनाको मध्यदेखि बुधको द्वितीय भावमा प्रवेशले गर्दा बोलीमा निखार आउनेछ। राजनीतिक क्षेत्रमा हजुरको बोली बिक्नेछ। शुक्रको लग्नमा गोचरले गर्दा साज सजावट र घुमफिरमा धन खर्च हुनेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्लिनेछ।| विद्यार्थीहरूलाई यो समय राम्रो रहनेछ। आत्मबलमा वृद्धि र व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।

कन्या ( टो, पा, पि, पु, , , , पे, पो ) : कन्या राशि हुनेहरूको लागि दिन उत्तम रहेको छ। लग्नस्थ सूर्यले सेवामूलक वा सरकारी काममा विशेष सफलता दिलाउनेछ। आयक्षेत्रमा नँया अवसरहरू प्राप्त हुनेछन्। सूर्यको सप्तम भावमा दृष्टिले गर्दा पारिवारिक सम्बन्ध व दाम्पत्य जीवनमा असमझदारी बढ्नेछ। माहको मध्यदेखि सूर्य बुधको युतिले संवादमा प्रखरता आउनेछ। मंगलको द्वितीय स्थानमा गोचरले विज्ञापन वा व्यापारिक प्रस्तुतिकरणमा राम्रो सफलता मिल्नेछ। भूमि वा जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिएला। व्यापार व्यवसायलाई लिएर राम्रो योजनाहरू बनाउन सक्नुहुनेछ। स्वास्थ्यको हिसाबले यो महिना राम्रो रहेको छ।| मानसिक तनावबाट मुक्ति मिल्नेछ। शुक्रको द्वादश भावमा गोचरले निन्द्रमा कमी आउने दिखाबा र सौखमा धन खर्च हुनेछ। गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : तुला राशि हुनेहरूको लागि दिन सामान्य रहेको छ। सूर्यको द्वादश भावमा गोचरले खर्चमा वृद्धि लिएर आउनेछ। अनावश्यक तनावले मनमा चिन्ता रहनेछ। परिश्रम गरे पनि तत्काल लाभको लागि संघर्ष गर्नुपर्ने हुन्छ। माहको मध्यपछि बुधको युतिले वैदेशिक यात्रा वा विदेशतिरबाट केही सकारात्मक संकेत लिएर आउनेछ। शुक्रको एकादश भावमा गोचरले गर्दा आयका नयाँ अवसरहरू पनि फेलापर्नेछन्। विशेषगरी परिवारमा रमाइलो वातावरणको सिर्जना हुनेछ। दाजुभाइ आफन्त आफूभन्दा ठूलाप्रति प्रेम स्नेह बढ्नेछ। स्वास्थ्यको दृष्टिले समय अनुकूल नहोला आँखा दुख्ने समस्याले सताउला। व्यवहारमा परिपक्वता र समझदारीको कमी आउनेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। परिश्रम गरे कार्यक्षेत्रमा राम्रो परिणाम मिल्नेछ। प्रेम सम्बन्धमा भावनात्मक उतारचढाव रहनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : वृश्चिक राशि हुनेरूको लागि समय उत्तम रहेको छ। सूर्यको एकादश भावमा गोचरले आम्दानीको राम्रो सम्भावना देखिएको छ। विशेषगरी माहको मध्यदेखि बुधको युतिले पुराना रोकिएका काममा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा बौद्धिक क्षमतामा विकास हुनेछ। प्रतिस्पर्धामा विजयको संकेत छ। प्रेम सम्बन्धमा गलतफहमी दूर हुनेछ। शुक्रको दशमभावमा गोचरले व्यापार व्यवसाय र मीडियाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा उन्नति हुनेछ। परिवार मध्य स्नेहको वातावरण निर्माण हुनेछ। आफ्नो रिसलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ। नयाँ निर्णय लिदाखेरि सोचविचार गरेर लिनुहोला। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। दशम स्थानको सूर्यले कार्यक्षेत्रमा आत्मविश्वास बढाउनेछ। पिताको कार्यक्षेत्रमा प्रगति हुनेछ। सरकारी र प्रशासनिक काममा प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। मानसिक ऊर्जा र स्वास्थ्य राम्रो रहनेछ। भाग्यस्थानमा शुक्रको गोचरले आय आर्जन फराकिलो बन्नेछ। विद्यार्थीहरूलाई लेखनकला वा दूरसञ्चारको क्षेत्रमा सफलता दिलाउनेछ। अभिव्यक्तिमा निखार आउनेछ साथै प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। पुराना कुरालाई मनमा बोझ बनाएर नयाँ अवसर गुमाउनु पर्ला सावधान रहनुहोस्। संयमता वा सतर्कताको साथ अगाडि बढ्नुहोस् सबै क्षेत्रमा सफलता पाउनुहुनेछ। सदैव गायत्री मन्त्रीको जप गरेर दिनको प्रारम्भ गरौं।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) : मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। सूर्यको नवम स्थानमा गोचर हुँदा भाग्यको साथ मिल्नेछ। विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ। माहको मध्यदेखि बुधको युतिले व्यापार क्षेत्रमा मनज्ञ लाभ आर्जन गर्न सकिनेछ। चिकित्साको क्षेत्रमा राम्रो सफलता प्राप्त होला। आर्थिक विषयवस्तुमा धैर्यताको साथ निर्णय लिनुहोला। मंगलको दशम स्थानमा गोचरले सरकारी जागिरको तैयारी गरिरहनु भएकालाई राम्रो सूचना मिल्नेछ। दाम्पत्य जीवनमा आपसी समझदारी र रमाइलो गर्दै राम्रो समय बित्नेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्ला। सहपाठिहरूसँग पायक स्थानमा भ्रमणका योग बनिरहेका छन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको सुरुवात गर्नुहोस्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्यको प्रभावले मानसम्मानमा कमी आउनेछ। कार्यक्षेत्रमा ढिला सुस्ती रहनेछ। स्वास्थ्यलाई लिएर खर्चमा वृद्धि हुनेछ। नँया लगानी लगाउनु भन्दा अघि सोचविचार गर्नुहोला। महिनाको मध्यदेखि बुध र सूर्यको युतिले आर्थिक पक्ष सुध्रिनेछ। सप्तम स्थानमा शुक्रको गोचरले वैवाहिक सम्बन्धमा मिठास ल्याउने र बोलीमा मधुरता आउनेछ। आफ्नो व्यवहारले अरुलाई सन्तुष्ट पार्न सकिनेछ| साझेदारी व्यापारमा मतभेदहरू सुल्झिनेछन्। व्यक्तित्वमा आकर्षण र आत्मविश्वास झल्किनेछ। विद्यार्थीहरूलाई समय सामान्य रहेको छ। पढाईको क्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ने समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। रक्तचाप र पेटजन्य समस्या देखिएको छ सावधान रहनुहोस्। खानपानमा सतर्कता अपनाउनुहोस्। योजनाबद्ध ढंगले कार्य गर्नुहोस् सफलता मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं ।

मीन ( दि, दु, , , , दे, दो, चा, चि ) : मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सप्तम भावमा सूर्यको गोचरले वैवाहिक सम्बन्धमा सामन्जस्य बनाउन अलि गाह्रो रहनेछ। आत्मकेन्द्रित व्यवहारले वैवाहिक जीवनमा दूरी बढाउनेछ। व्यापार व्यवसायमा राम्रो सफलता हात पार्न सकिनेछ। महिनाको मध्यदेखि बुधको युतिले विचारको आदान प्रदानमा स्पष्टता झल्किनेछ र सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा प्रेमीबाट समर्थन वा विश्वास पाइनेछ। कार्यक्षेत्रमा गोपनीयतामा ध्यान दिनुहोला। व्यवसायमा दबाब र स्थान परिवर्तनका योग छन्। मंगलको अष्टम स्थानमा गोचरले गर्दा विद्यार्थीहरुमा रिस वा असमझदारी बढ्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस। जग्गा जमिनमा लगानी लगाउँदा विशेष सावधानी राख्नुहोला। स्वास्थ्यप्रति सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।