आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नुवाकोट जिल्लालाई पर्यटनको हब बनाउन सकिन्छ : राजन गौतम

नुवाकोट। नुवाकोट–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रलोपा ( आँखा ) का उमेदवार राजन गौतमले नुवाकोट जिल्लालाई पर्यटनको हब बनाउन सकिने बताएका छन् । घरदैलो अभियानका क्रममा उनले मतदातासँग अन्तर्क्रिया गर्दै यस्तो बताएका हुन्  । “सुधार, सुशासन र समावेशी विकास”को मूल नारासहित मतदाता माझ पुगेका प्रलोपा उम्मेदवार  गौतमले आफुले घरदैलो अभियानमा जाँदा उत्साहजनक र सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।  ऐतिहासिक धरोहर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण नुवाकोट जिल्ला पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन उनले भने । गौतमका अनुसार योजनाबद्ध पूर्वाधार विकास, प्रचार–प्रसार र समुदायको सक्रिय सहभागितामार्फत नुवाकोटलाई प्रमुख पर्यटन हबका रूपमा विकास गर्न सकिन्छ।

ऐतिहासिक र सांस्कृतिक धरोहरको खानी
नुवाकोट दरबार क्षेत्र,  भैरवी मन्दिर, ककनी,दुप्चेश्वर, बागमारा,मानेभञ्ज्याङ,घ्याँङस्वारा,सुर्य चौर,चिसापानी,कुटुङ्साङ्ग,शिवपुरी लागायत  इतिहासका पाटाहरू तथा पुरातात्त्विक महत्वका संरचनाहरू जिल्लाका मुख्य आकर्षण रहेको  तर संरक्षण र व्यवस्थापनमा देखिएका कमजोरीले यी सम्पदाको प्रभावकारी पर्यटन उपयोगमा बाधा पुगेको उनको भनाइ छ । “धरोहरको वैज्ञानिक संरक्षण, सूचना बोर्ड, गाइड व्यवस्था र नियमित कार्यक्रमले आगन्तुकको अनुभव समृद्ध बनाउँछ,” गौतमले भने ।

प्राकृतिक गन्तव्यहरूको विस्तार
शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका पदमार्ग, तारेभीरका दृश्यावलोकन बिन्दु, ग्रामीण होमस्टे क्षेत्र, झरना र हरियालीले भरिएका गाउँहरू साहसिक र ग्रामीण पर्यटनका लागि उपयुक्त मानिन्छन्। ट्रेकिङ, हाइकिङ, साइकलिङ तथा बर्ड–वाचिङ जस्ता गतिविधि विस्तार गर्न सकिने सम्भावना देखिन्छ। उनि भन्छन्, “काठमाडौंबाट छोटो दूरीमै यति धेरै विविधता हुनु नुवाकोटको ठूलो बल हो।”

पूर्वाधार र पहुँच चुनौती
उनले सडकको अवस्था, सार्वजनिक शौचालय, सुरक्षित पार्किङ, गुणस्तरीय आवास र डिजिटल सूचना प्रणालीको अभाव मुख्य चुनौती रहेको भन्दै  कतिपय गन्तव्यसम्म पुग्न अझै कठिनाई रहेको बताए । “पहुँच सुधार र आधारभूत सुविधा विकास नभएसम्म पर्यटकको बसाइ लम्ब्याउन सकिँदैन,” गौतमको भनाइ छ।

स्थानीय अर्थतन्त्रमा पर्यटनको भूमिका
पर्यटनको विकासले रोजगारी सिर्जना, कृषि उत्पादनको बजार विस्तार, हस्तकला र स्थानीय खानाको प्रवर्द्धनमा योगदान पुर्‍याउने र होमस्टे, स्थानीय गाइड, यातायात र स्मारिका व्यवसायले गाउँमै आय आर्जनको अवसर बढाउने उनको विश्वास छ।

आवश्यक रणनीति
नुवाकोटले ऐतिहासिक सम्पदाको संरक्षण र ब्रान्डिङ,साहसिक र ग्रामीण पर्यटन प्याकेज विकास,डिजिटल मार्केटिङ र सूचना केन्द्र स्थापना,
स्थानीय सरकार–निजी क्षेत्र सहकार्य,समुदायमा पर्यटन सम्बन्धी तालिम र सचेतना जस्ता  रणनीति अपनाउनुपर्ने  उनले बताए। सम्पदा, प्रकृति र संस्कृति तीनै पक्षमा धनी नुवाकोटले उचित नीति, लगानी र व्यवस्थापन पाए पर्यटन हब बन्ने आधार बलियो देखिन्छ। “सम्भावना धेरै छ, अब कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ,” गौतमले भने । नुवाकोटको पर्यटन भविष्य योजनाबद्ध कदम र सामूहिक प्रयासमा निर्भर रहने उनको मत छ।

घरदैलोका क्रममा उनले संघीयताको सुदृढीकरण, युवालाई स्थानीय तहमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पारदर्शी बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन् । “हामी नारा मात्र होइन, कार्ययोजना लिएर आएका छौँ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी काम गर्ने हाम्रो स्पष्ट रोडम्याप छ,” गौतमले भने। गौतमले  डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएको दावी गरेका छन् ।

प्रलोपाले परम्परागत शक्ति–सन्तुलन तोड्दै नुवाकोट–१ लाई “नयाँ राजनीतिक संस्कृतिको प्रयोगशाला” बनाउने दाबी गरेको छ। युवामुखी कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिमैत्री प्रशासनिक सुधारमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य प्रस्तुत गरिएको छ। स्थानीय युवाहरू र पहिलोपटक मतदान गर्ने मतदाताबीच पार्टीको लोकप्रियता बढ्दो रहेको र पुराना मतदाताबाट पनि समर्थन आफुले पाइरहेको गौतमले बताए ।