सोमबार, ७ बैशाख २०८३
काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा (AGM) विधान तथा कानुनी प्रावधान अनुसार निर्धारित मितिमा नै सञ्चालन हुने भएको छ । नाडाले केही सञ्चार माध्यममा आएका समाचारका कारण भ्रम उत्पन्न भएको भन्दै उक्त समाचार निराधार रहेको जानकारी गराएको छ ।
नाडाले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ । साथै सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न समेत आग्रह गरेको छ ।