आईतबार, ६ बैशाख २०८३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यो निर्णयसँगै अब यी सामाजिक सञ्जालल नेपालमा चल्ने र नचल्ने भएका छन् ।
सूचीकृत नभएका यी २६ सञ्जाल बन्द हुनेछन्।
फेसबुक,म्यासेन्जर,इन्स्टाग्राम,युट्युब,पिन्ट्रेस्ट,सिग्नल,थ्रेड,वी च्याट,कोरा,ह्वाट्सएप,लिंक इड,स्न्याप चयाट,रेडिट,ट्वीटर,डिस्कर्ड,सम्ब्लर,क्लब हाउस
,मास्टर डन,रम्बल,मि वी,मि भिके,लाइन,जालो,सोल,हाम्रो पात्रो र इमो रहेका छन्।
सूचीकृत भएका यी ५ सञ्जाल चल्नेछन्।
निम्बज,वीटक,टिकटक, भाइबर र ओपोलाइभ रहेका छन् ।