सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

तीज गीत ‘सुनको चुराले’ सार्वजनिक

परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् ।

वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् ।

आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको माया पाउन सफल भएको छ ।