सोमबार, ७ बैशाख २०८३
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । देशमा पछिल्लो समयको घटनाक्रम र विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।