सोमबार, ७ बैशाख २०८३
प्रधानमन्त्री केपी शर्मा ओलीले यही आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन् गर्ने भएका छन् । आज नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसंग भेट गरी नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीलाई आमन्त्रण गरेको हो । भेटघाटमा अध्यक्ष चौधरीले प्रधानमन्त्री ओलीलाई नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको जानकारी दिंदै नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिएका थिए ।
यस वर्षको अटो शोमामा १२५ भन्दा बढी प्रदर्शक,३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,विन्टेज मोटर शो,हुनेछन भने नेपालमा पहिलोपटक प्रदर्शन हुँदै गरेको UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुनेछन् । उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।