आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

इजरायलले गर्यो गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन

जसका लागि नेतान्याहूले दक्षिणपन्थी सहयोगीहरूबाट दबाबको सामना गर्नु परेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सरकारले हमाससँग बन्धक मुक्तिको सम्झौतालाई अनुमोदन“ गरेको बताएको छ । यो सँगै दुवै पक्ष गाजामा दुई वर्ष भन्दा लामो युद्ध र शत्रुता अन्त्य गर्ने सम्झौताको सफलता नजिक पुगेका छन् ।

इजरायलले सबै पक्षहरूले“ युद्धविराम सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गर्दै हमासले बन्दीहरूलाई मुक्त गरे पछि मात्र युद्धको अन्त्य हुने बताएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा भएको यो सम्झौताले गत महिना गाजाका लागि घोषणा गरेको २०–सूत्री शान्ति योजनालाइ आत्मसाथ गरेको बताउदै आइतबार मध्य पूर्वका लागि प्रस्थान गर्ने योजना बनाएको बताउनु भएको छ । 
 
इजिप्टले सम्झौताको समापन मनाउन एउटा कार्यक्रमको योजना बनाइरहेको छ, जसका लागि ट्रम्प पनि इजरायलमा रोकिने अपेक्षा गरिएको छ ।इजरायली सरकारले सम्झौता अनुमोदन गर्न बिहीबार बैठकको २४ घण्टा भित्र युद्धविराम गर्ने बताएको थियो, जस अन्तर्गत अन्ततः इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने छ ।नेतान्याहुको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले जीवित र मृतक “सबै बन्धकहरूको रिहाइलाई अनुमोदन गरेको जनाएको छ ।  

जसका लागि नेतान्याहूले दक्षिणपन्थी सहयोगीहरूबाट दबाबको सामना गर्नु परेको थियो ।  राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले गाजामा बाँकी रहेका ४७ जना बन्धकहरूको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने योजनालाई “असहनीय भन्दै सम्झौताको बिरूद्ध मतदान गर्ने बताउनु भएको थियो ।  इजरायल र गाजामा उत्सव र विश्व नेताहरूले सम्झौताको प्रशंसासहितको सन्देशको बावजुद, हमासलाई निशस्त्र बनाउने योजनाको आह्वान र ट्रम्पको नेतृत्वमा गाजाको लागि प्रस्तावित संक्रमणकालीन अधिकार सहित धेरै मुद्दाहरू विचाराधिन रहेका छन् ।  

हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले प्यालेस्टिनी इस्लामवादी आन्दोलनले प्रस्तावलाइ अस्वीकार गरेको बताउनु भएको छ ।  यद्देपी हामासले आफ्नो हतियार आत्मसमर्पण गरेको सवाललाई शान्ति योजनाको दोस्रो चरणमा सम्बोधन गरिने ट्रम्पले बताउनु भएको छ ।  वरिष्ठ अमेरिकी अधिकारीहरूले अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको नेतृत्वमा २०० जनाको सैन्य टोली मध्यपूर्वमा युद्धविरामको “निरीक्षण“ गर्न तैनाथ गरिने बताएका छन् ।पहिलो चरणको मस्यौदामा बिहीबार “सबै पक्षहरू“ द्वारा हस्ताक्षर गरिएको पुष्टि गर्दै इजरायली सरकारका प्रवक्ता सोश बेड्रोसियानले पत्रकारहरूलाई भन्नु भयो “हाम्रा सबै बन्धकहरू, जीवित र मृतकहरू, ७२ घण्टा पछि रिहा हुनेछन् । 

विदेश मन्त्री गिदोन सारले बन्धकहरूको रिहाइले “यो युद्धको अन्त्ये हुने बताउनु भएको छ ।  इजरायली नेटवर्कसँगको दुर्लभ अन्तर्वार्तामा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले च्यानल सम्झौता एउटा ऐतिहासिक क्षण भएको उल्लेख गर्दै रक्तपात बन्द भएकोमा खुशी भएको तथा यो  दिगो हुने आशा व्यक्त गर्नु भयो ।