आईतबार, ६ बैशाख २०८३
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने भएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।
कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् । हिजो १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौँ उपत्यकामा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हिजोको घटनामा ४ सय २६ जना घाइते छन्।