मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

संकल्पसहित बदलिएको कांग्रेसले देश बदल्छ : चुन्न प्रसाद पौडेल

रुपन्देही। प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर-२ उम्मेदवार चुन्न प्रसाद पौडेलले आफ्नो अभियानलाई केवल मत माग्ने अभियान नभई विश्वास फर्काउने आन्दोलनको रूपमा अघि सारेका छन्। घरदैलोमा पुगेका उनले मतदातासँग सीधा संवाद गर्दै देशको वर्तमान संकटको जरो पहिचान र समाधानको स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्। 

पौडेलले आफ्नो अभियानलाई “संकल्पसहितको परिवर्तन”को नारासँग जोड्दै घरदैलो तीव्र बनाएका छन्। मतदातासँगको प्रत्यक्ष संवादमा उनले देशको अहिलेको चुनौती केवल सरकार बदल्नु नभई विश्वास पुनर्स्थापना गर्नु भएको दाबी गरेका छन्। यस निर्वाचनको परिणामले केवल एक उम्मेदवारको भविष्य तय गर्ने छैन, यसले देशको राजनीतिक मनोविज्ञान कता मोडिन्छ भन्ने संकेत पनि दिनेछ उनले भने।

घरदैलोबाट उठेका सवाल
रुपन्देही–२ का शहरी र ग्रामीण बस्तीमा पुगेर पौडेलले नागरिकका गुनासो सुन्दै आफ्नो तर्फबाट समाधान गर्न सक्दो भूमिका खेल्ने बताएका छन् । पछिल्लो दशकमा भएका अस्थिर सरकार, भ्रष्टाचार प्रकरण र नीति–निर्माणमा ढिलासुस्तीले नागरिकमा निराशा गहिरिएको अबस्थामा पौडेलले भने “देश नै आत्मविश्वास गुमाएको अवस्थामा छ। यस्तो बेला जिम्मेवार र अनुभवी राजनीतिक शक्ति चाहिन्छ। कांग्रेसले अभिभावकको भूमिका खेल्छ।” त्यो भूमिका कांग्रेसले खेल्छ।”उनको भनाइमा समस्या व्यक्ति वा सरकार परिवर्तनले मात्र समाधान हुँदैन, सही नियम, पारदर्शी प्रक्रिया र बलियो संस्था निर्माण नै दीर्घकालीन निकास हो।

भ्रष्टाचार विरुद्ध प्रतिबद्धता
उनले वर्तमान निराशाको मुख्य जड भ्रष्टाचार भएको औंल्याउँदै यसविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। उनले भने “कांग्रेससँग जादुको छडी छैन, तर सही नियम, प्रक्रिया र संस्थागत सुधारमार्फत देश चलाउने क्षमता छ।” संस्थागत पारदर्शिता, सार्वजनिक खरिद प्रक्रिया सुधार, डिजिटल सुशासन र कानुनी कार्यान्वयन बलियो भएमा मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ। पौडेलको अभियानले यिनै मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ। यिनै क्षेत्रमा सुधार भए नागरिकको भरोसा पुनर्जीवित हुन सक्छ।

कांग्रेसको रूपान्तरण र नयाँ सन्देश
पौडेलले कांग्रेस अहिले ‘बदलिएर आएको’ भन्दै पार्टीभित्र आन्तरिक सुधार, युवाको सहभागिता र नीतिगत स्पष्टता ल्याउने काम भइरहेको बताए। पौडेलले भने-कांग्रेस अब आत्मसमीक्षा गरेर नयाँ संकल्पसहित बदलिएको छ। युवाको सहभागिता, आन्तरिक सुधार र नीतिगत स्पष्टता पार्टीको प्राथमिकतामा रहेको छ ।

चुनावभन्दा ठूलो भरोसा
रुपन्देही–२ मा यसपटकको प्रतिस्पर्धा केवल सिट जित्ने लडाइँ होइन, यो भरोसा पुनर्स्थापनाको परीक्षा हो। रुपन्देही–२ मा उद्योग, व्यापार र कृषिसम्बन्धी सम्भावनालाई व्यवस्थित नीतिमार्फत अगाडि बढाउने उनको योजना रहेको छ। रुपन्देही क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण भए पनि नीति–अस्थिरता र पूर्वाधार अभावका कारण पूर्ण लाभ लिन सकेको छैन। यस्तो सन्दर्भमा संस्थागत स्थिरता र स्पष्ट आर्थिक रोडम्याप उनको मुख्य चासो बनेका छन्।

चुनावी प्रतिस्पर्धा                                                                                                                                                                            चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा पौडेलको मुख्य सन्देश स्पष्ट छ “संकल्पसहित बदलिएको कांग्रेसले देश बदल्छ।” कांग्रेसले विगतका कमि  कमजोरी सुधार्दै नयाँ विश्वास जित्दै राष्ट्र निर्माणमा गति दिन चाहेको छ। रुपन्देही–२ को मत परिणामले केवल एक उम्मेदवारको भविष्य होइन, बदलिँदो राजनीतिक मनोविज्ञानको संकेत पनि दिनेछ। अब निर्णय गर्ने अधिकार भने मतदाताको हातमा रहेको छ । रुपन्देही–२ ले संस्थागत सुधार र जिम्मेवार नेतृत्वको पक्षमा मत दिन्छ? वा दिंदैन ? त्यो हेर्न भने फागुन २१ गते पर्खनुपर्नेछ ।