सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पुरुषको तुलनामा महिलाबारे फरक १० रोचक तथ्य ?

पुरुषको तुलनामा महिलाहरुबारे फरक १० रोचक तथ्य यस्तो छ:

१. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

२. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

३. महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ ।

४. महिलाको शरिरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरुलाई हृदयघातको समस्याबाट बचाउँछ ।

५. महिलाको शरिरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, जाँघ र पेटमा धेरै जम्मा हुने गर्दछन् ।

६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।

७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।

८. महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।