सोमबार, ७ बैशाख २०८३
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नुका साथै स्वास्थ्य सम्बन्धी समस्यामा धन खर्च हुनेछ। साताको मध्यमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ कार्यको शुभारम्भ गर्न सकिनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा सोचेभन्दा राम्रो सफलता हात लाग्ला। भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : साताको प्रारम्भमा करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। व्यक्तिगत चाहना पूरा गर्न सञ्चित धन खर्च गर्नुपर्ला। साताको मध्यमा अध्यात्म ज्ञानमा निखार आउनेछ। स्वास्थ्यलाई लिएर आहारविहारमा सजगता अपनाउनुहोस्। साताको मध्यमा प्रशासनिक वा राज्यपक्षबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नाले मन प्रसन्न रहनेछ। सदैव देवी भगवतीको स्मरण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक ३ र ७ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। साताको मध्यमा परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। साताको अन्तिममा कार्यक्षेत्रमा धेरै भागदौड गर्नुपर्ला। लगनशीलताले मान सम्मान प्राप्त हुनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ। रोकिएको काम बन्नाले अरु कामतर्फ अग्रसर भइनेछ। साताको मध्यमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। पिताको सहयोगले कठिन कार्यसम्पादन होला। साताको अन्तिममा व्यक्तिगत काममा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहिेलो हो भने शुभ अंक ४ र ५ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। मन अप्रसन्न रहनेछ। साताको मध्यमा प्रतिष्ठित कामले समाजमा मानसम्मान बढ्नेछ। शिक्षालाई लिएर विदेशतिरको मार्गमा सकारात्मक संकेत देखिएला। साताको अन्तिममा विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। महत्वपूर्ण योजना गोप्य राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सदैव भगवान सूर्यलाई अर्घ्य प्रदान गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक १ र ५ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ। स्वास्थ्य सबल रहनेछ। साताको मध्यमा आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। पहिलाका कमी कमजोरी बाहिरिनाले प्रतिष्ठामा समस्या पर्ला। श्रमको उचित मूल्यांकन नमिल्ला। साताको अन्तिममा आफ्नो व्यवहार वा कार्यकुशलताले अरुको मन जित्न सकिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। सदैव दुर्गादेवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र खैरो हो भने शुभ अंक ३ र ७ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : साताको प्रारम्भमा अस्वस्थ अवस्थामा पनि जिम्मेवारी वहन गर्नुपर्ला। दिएको ऋण फिर्ता लिने समय रहेको छ। साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ। काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। साताको अन्तिममा शत्रुहरू सक्रिय रहनेछन्। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ७ र ९ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले निर्णय लिने क्षमतामा विकास हुनेछ। मनमा परोपकारको भावना जागृत होला। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको अन्तिममा जीवनसाथीबाट उपहार पाइएला। टाढिएका आफन्तहरू नजिकिनेछन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक १ र ५ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : साताको प्रारम्भमा व्यावहारिक पक्ष निभाउन संचित रकम खर्च गर्नुपर्ला। फजुल खर्चदेखि जोगिनुहोस्। साताको मध्यमा शिक्षाको सन्दर्भमा गुरुजनहरूको साथ पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको अन्तिममा राज्य पक्ष वा प्रशासनद्वारा दण्ड वा जुर्माना लाग्ला सावधान रहनुहोस्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ३ र ४ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : साताको प्रारम्भमा साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साताको मध्यमा कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। साताको अन्तिममा अप्ठ्यारा चुनौतीहरूको भित्र पनि नयाँ अवसर खोजिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र सुन्तला हो भने शुभ अंक ४ र ९ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : साताको प्रारम्भमा सञ्चित रकममा वृद्धि हुनेछ। छरछिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। साताको मध्यमा आफन्तहरूको सहयोग मिल्नाले मनोबल उच्च रहनेछ। कानुनी मुद्दा मामलामा विजयी भइनेछ। साताको अन्तिममा पुरानो स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। राजनीतिक क्षेत्रमा नयाँ पदीय जिम्मेवारी प्राप्त होला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : साताको प्रारम्भमा धैर्य वा पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। अरुको विश्वास जित्न नसकेपनि दिगो लाभ हुने कार्य हात लागि हुनेछ। साताको मध्यमा कृषि वा घरेलु कामकाजमा धेरै व्यस्त भइनेछ। बोलिको माध्यमले कठिन कार्य पनि सिद्ध गर्न सकिनेछ। साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ६ र ८ रहेको छ।