सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सपनामा धन प्राप्त हुनु अघि देखिन्छ यी २० संकेत

निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो । तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।

यस्तो सपना देख्दा धन मिल्छ

अप्सरा देख्नु - धन र सम्मान प्राप्त
लास देख्नु - धन लाभ
अंग दान गर्नु - उज्जवल भविष्य, पुरस्कार
आँधीबेहरीमा लड्नु - सफलता मिल्नु
कन्या देख्नु - धन बृद्दी
हत्या हिंसा देख्नु - सौभाग्य बृद्दी
रगत देख्नु - धन प्राप्ति
रगतको वर्षा देख्नु - देशमा कुनै घटनाहरु घट्नु

रगतमा मुछिनु - धन सम्पत्ति पाउने लक्षण
औंठी लगाएको देख्नु - धन प्राप्त हुन्छ
घर बनाएको देख्नु - धन हात लाग्छ
कमलको फूल देखेमा - धन प्राप्तीको संकेत
तरभुजा देख्नु - बुझ्नुस् धनलाभ हुँदैछ
गरिवी विपन्नता देख्नु - शुभ ,विपनामा समृद्धी दिलाउँछ
सुगाको तोता देख्नु - निक्कै शुभ ,धनप्राप्तिको संकेत
गाइ वा भैसीको थुन छोएको देख्नु - राम्रो मानिन्छ
तास खेलेको देख्नु - ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत
अजगर देख्नु - शुभ
आगो देख्नु - गलत तरिकाबाट धन प्राप्ति
गुण्डागर्दी गर्नु - धन प्राप्ति,जागिर मिल्नु