मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बीवाईडीले गर्‍यो एटो–वान कारका दुई भेरियन्ट लन्च

काठमाडौं । नेपाल इनोभेटिभ मोबिलिटी एक्स्पो (NAIMA Mobility Expo) 2025 मा बीवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक कार एटो–वान (Atto-1) सार्वजनिक गरेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि. ले एटो–वानलाई डाइनामिक (Standard Range) र प्रिमियम (Long Range) गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो।

कम्पनीका अनुसार, डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट-आवरको ब्याट्री प्याक दिइएको छ भने प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट-आवरको ब्याट्री प्रयोग गरिएको छ। यी भेरियन्टहरूको एनईडीसी (NEDC) रेन्ज क्रमशः २३० किमी र ३०० किमी रहेको छ। चीनमा "Seagull", युरोपमा "Surf" नामले परिचित यो ह्याचब्याक अब नेपालमा "एटो–वान" नामबाट उपलब्ध हुनेछ।

मूल्य र विशेषता:
डाइनामिक भेरियन्ट: रू. २८,९५,०००
प्रिमियम भेरियन्ट: रू. ३२,९५,०००
आयाम: लम्बाइ ३७८० मि.मि., चौडाइ १७१५ मि.मि., उचाइ १५८० मि.मि., ह्वीलबेस २५०० मि.मि। बीवाईडी नेपालका अनुसार, नेपाली ग्राहकहरूको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै यी दुई भेरियन्ट लन्च गरिएको हो। बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ ले पनि एक्स्पोको पहिलो दिनदेखि नै बिक्री सुरु गरिएको जानकारी दिइन्।