सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नाडा अटो शो प्रदर्शनी मात्र नभई व्यापारिक केन्द्र समेत हो : अध्यक्ष चौधरी

नाडा अटो शो २०२५ प्रदर्शनी मात्र नभई व्यापारिक केन्द्र समेत भएको  अध्यक्ष कारण चौधरीले बताएका छन्। आजदेखि   नाडा अटो शो-२०२५ सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । यस सो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा ठुलो  योगदान पुर्‍याएको र  नेपालमा यो क्षेत्रले १० लाख रोजगारी सिर्जना गरेको बताए । अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै  चौधरीले ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी समेत गरेका छन् ।