सोमबार, ७ बैशाख २०८३
सबै अवरोध र चुनौती पार गर्दै डिपल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाउँदै फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेको हो। तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भविष्यको मोबिलिटी प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं ल्याएको हो ।
यी अति उच्च प्रविधिहरू पहिलो पटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार रहेका छन् भने यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन् । १७औं संस्करणको नाडा अटो शो ले आफ्नो प्रदर्शनीमा देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण पेस गर्दैछ भने यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ। बि.स.२०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले आग्रह गरेको छ ।