सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सीजीले तिर्‍यो २५.५९ अर्ब रुपैयाँ कर, देशको राजस्वमा ठूलो योगदान

काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । देशको ठूलो करदाता रहेको चौधरी ग्रुपले गत बर्ष देशको कूल राजस्वको करिब २.३ प्रतिशत राजस्वमा योगदान रहेको छ। 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेका छन् । भेटपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् । 

उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ प्रतिशत योगदान दियो।’चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताए ।