सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

माघ महिनाको राशिफल हेर्नुहोस्!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। दशम स्थानमा सूर्य शुक्र मंगल वा बुधको गोचरले आम्दानी वा करियर तर्फ सकारात्मक संकेत देखिएको छ। आर्थिक पक्षमा सुदृढता आउनेछ भने नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। घर परिवार वा घरेलु कुरामा आवश्यकताभन्दा धेरै खर्च गर्नुपर्ला। व्यापार विस्तारको लागि ऋण लिएर नँया लगानी लगाउने समय रहेको छ। पारिवारिक वा वैवाहिक दृष्टिकोणले समय राम्रो रहेको छ। घरपरिवारमा नयाँ जिम्मेवारी बढ्ने तथा घरभित्र नयाँ निर्णय हुनेछन्। कार्य स्थानान्तरण वा जग्गा जमिनलाई लिएर असहज महसुस हुनेछ। अविवाहितहरूको लागि विवाहलाई लिएर परिवार तर्फबाट प्रस्ताव आउनेछ भने निर्णयमा पुग्नुपूर्व समय लिनु उपयुक्त हुनेछ। पढाइ वा प्रेम सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। उच्च शिक्षामा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुर सम्बन्ध स्थापित हुनेछ तर प्रेममा भावानात्मक खुल्लापनको हत्तार नगर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले पनि महिना राम्रो रहेको छ। मंगलको प्रभावले अनिद्रा व थकानको महसुस हुनेछ तर जोश र कामगर्ने जाँगरमा कमीभने हुनेछैन। अनियमित खानपान र अव्यवस्थित दिनचर्यालाई मध्यनजरमा राखेर समय व्यवस्थापन गरेमा नकारात्मक समयलाईपनि सकारात्मक उर्जाको प्रभावले अनुकूल बनाउन सक्नुहुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य मंगल बुध र शुक्रको नवम भावमा गोचर हुने भएकाले धन प्राप्तिका नयाँ अवसरहरू क्रमश बढेर जानेछन्। भाग्यको विशेष साथ मिल्नेछ। रोकिएको उधारो धन फिर्ता हुने समय रहेको छ। रिस र आक्रोशले आर्थिक गतिविधिमा निर्णय कमजोर हुन सक्छ धैर्यताले काम लिनुहोला। वैवाहिक सम्बन्धको लागि पनि यो महिना श्रेष्ठ रहेको छ। प्रेम सम्बन्ध आदिलाई विवाहमा टुङ्ग्याउन सकिने शुभ योग रहेको छ। सम्बन्धमा बोलीचालीमा मधुर भाषाको प्रयोग गर्दा सबैको मन जित्न सक्नुहुनेछ। हजुरको कुरा कसैले हिम्मतको रुपमा लिनेछन्। घरपरिवारमा पूजापाठ वा धार्मिक यात्राका योग बन्नेछन्। पढाइको क्षेत्रमा पनि विशेष सफलता हात लाग्नेछ। हरेक कार्यमा उत्साह र ऊर्जाको वृद्धि हुनाले लक्ष्य प्राप्तिलाई लिएर प्रतिबद्धता बढ्नेछ। मंगलले गर्दा मनमा तर्क वितर्क ल्याउन सक्ला। सरकारी नोकरीको र प्रयत्नशील मानिसहरूको लागि संघर्ष बढाउनेवाला समय रहेको छ। करियरलाई लिएर वैदेशिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा नयाँ असाइनमेन्टमा काम गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। पुरानो समयदेखि चलिरहेको समस्याको समाधान हुनाले ढुक्क भईनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य मंगल बुध र शुक्रको अष्टम भावमा गोचरले धन संञ्चय वा आर्थिक क्षेत्रमा उतारचढाव देख्न सकिनेछ। स्वास्थ्य वा घरपरिवारतर्फ आकस्मिक खर्च बढ्ने योग रहेको छ। जोखिमपूर्ण लगानी वा ऋणको लेनदेनबाट दूरी बनाएर राख्नुमानै फाईदा रहेको छ। पारिवारिक तथा वैवाहिक सम्बन्धलाई लिएर यो महिनाको सुरुवात हजुरको लागि त्यति अनुकूल नहोला। वाणी वा संवादमा संयमता राख्नु एकदमै आवश्यक रहेको छ। वैवाहिक जीवनमा जीवनसाथीसँग गहिरा विषयहरूमा छलफल पर्याप्त नहुँदा अनावश्यक तनाव बढ्नेछ। आत्मीयता वा मिठो बोलीले काम बनाउन र भावनात्मक दुरी घटाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित राख्न त्यति सम्भव नहोला। ध्यानमा एकाग्रताको कमी आउनेछ। अध्ययन वा प्रेममा वैचारिक मतभेदका संकेत देखिन सक्छन। करियरमा गुप्त योजना बाहिरिनाले समस्या निम्त्याउँला तसर्थ गोपनियता भंग हुन नदिनुहोला। व्यापार व्यवसायमा आर्थिक निर्णयहरू सावधानीपूर्वक लिनुहोला। कार्यक्षेत्रमा कामको अतिरिक्त दबाब रहनेछ। आर्थिक दृष्टिकोणले पनि यो महिना सामान्य रहेको छ। पाचनजन्य समस्या सुधार्नको लागि खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा कमजोरी र थकान महसुस हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्दा उर्जा र जोशले कार्य गर्नमा सहजता दिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रै देखिएको छ। सप्तम भावमा सूर्य, बुध, मंगल र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष बलियो बन्नेछ भने साझेदारी व्यापारमा लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाम्पत्य जीवनमा अर्थको कुरालाई लिएर विचार विमर्श हुने प्रबल सम्भावना रहेको छ। आर्थिक निर्णयहरूमा हत्तार नगर्नु नै हजुरको लागि लाभदायी रहनेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। बोली र व्यवहारको पारिवारिक जीवनमा प्रत्यक्ष प्रभाव पर्नेछ त्यसैले बोलिमा मधुरता राख्नु लाभदायक रहला। दाम्पत्य जीवनमा तर्क वितर्क अनावश्यक कुराहरुले विवाद बढ्नेछ। करियरमा साझेदारी व्यापारबाट राम्रो लाभाआर्जन गर्न सकिनेछ। व्यवसायीहरूलाई नयाँ ग्राहकमार्फत आर्थिक सहयोग र परिवर्तनको अवसर लिएर आउनेछ। सम्बन्धलाई लिएर महिनाको उत्तरार्धपछिको समय राम्रो देखिएको छ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षालाई लिएर प्रतिस्पर्धाको भावना रहनेछ। प्रेम सम्बन्धमा शुक्र मंगलको वा बुधको प्रभावले शारीरिक आकर्षण बढ्नेछ। महिना समग्रमा राम्रो देखिएको छ तर मंगल र बुधको गोचरले गर्दा घाँटी दुख्ने समस्याले असहज पार्न सक्छ। स्वास्थ्यमा विषेश ख्याल राख्नुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको षष्ठ भावमा गोचरले दैनिकी आवश्यकताहरुको पूर्तिमा खर्च बढ्नेछ। काममा वा कारोबारमा अतिरिक्त लगानी लगाउनु पर्ला। मेहनत वा लगनशीलताले आयस्रोतलाई स्थिर बनाउन सकिनेछ। उधारो वा कानुनी लेनदेन जस्तो वस्तुमा सावधानी अपनाउनुपर्ने हुन्छ। पारिवारिक सम्बन्धलाई लिएर यो महिना अलिकता तनावपूर्ण रहनेछ। बुद्धिजीवी वा आफूभन्दा ठूला मान्छेको कुराको मान राखेर कार्य गर्नुहोला। काममा व्यस्तता वा परिवारलाई समय दिन नसक्दा आपसी समझदारीमा कमी आउनेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना राम्रो रहेको छ। विद्यार्थीहरूलाई गुरुजनको माध्यमबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा शुक्रको साथले आकर्षण साथै भावनात्मक आत्मीयता बढ्नेछ। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोला। करियर वा व्यापार व्यवसायलाई लिएर समय सकारात्मक रहनेछ। रोजगार खोज्नको लागि प्रतिस्पर्धा कडा भएतापनि सफलता हात लाग्नेछ। शारीरिक अवस्था अलिकता कमजोर देखिएको कारणले अनिन्द्रा थकान वा सानोतिनो समस्याले सताउला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। निद्रा, काम र खानपानको समयलाई राम्रोसँग व्यवस्थापन गर्नुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य, बुध, मंगल र शुक्रको पञ्चम भावमा भईरहेको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। नेटवर्क मार्केटिङ र शेयर बजारमा गरेको लागानीबाट राम्रो लाभ आर्जन गर्न सकिएला। मंगलको प्रभावलाई ध्यानमा राखेर हेर्दा नयाँ निर्णय लिनमा हतार नगर्नुहोला। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। घर परिवारतर्फ जिम्मेवारी बढ्नेछ तर भावनात्मक संवेदनशीलता बढ्नेछ। दाम्पत्य जीवन र वैवाहिक सम्बन्धमा वैचारिक मतभेद रहेको छ त्यसैले साथीको विचारलाई पनि सम्मान दिएर कार्य गर्नुहोला। स्पष्ट कुराले सम्बन्धलाई स्थिर बनाउन सकिनेछ। विद्यार्थीहरूको लागि यो समय अनुकुल सिद्ध हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। अप्ठ्यारा विषयवस्तुहरूमा मित्रगण र गुरुजनहरूको साथ पाइनेछ। करियर वा व्यापार व्यवसाय लाई लिएर यो महिनामा नयाँ अवसरहरू आउनेछन्। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। साझेदारीमा काम गर्दा अहंकार र हतारले निर्णयहरू भएमा कार्यमा नकारात्मक प्रभाव पर्नसक्छ त्यसैले सोचेर निर्णय गर्नुहोला। वैदेशिक भ्रमणको प्रबल योग रहेको छ। आफन्तहरू संग रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय मध्यम रहेको छ। श्वासप्रश्वास र एलर्जी सम्बन्धी समस्या देखा पर्ला। नियमित योग वा ध्यान गरेर दिनको सुरुवात गर्नु यहाँहरुका लागि शुभ हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, शुक्र, मंगल र बुधको चतुर्थ भावमा गोचरले गर्दा जग्गा जमिन वा पारिवारिक आवश्यकता पूर्तिलाई लिएर खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू फेलापर्नेछन्। ठुलो जोखिम वा आकस्मिक लगानी लगाउन हत्तार नगर्नुहोला। लगानिजन्य कुराहरु गर्नुपुर्व विषयवस्तुहरुको राम्रो जानकारी लिएर मात्र कार्यलाई अघि बढाउनुहोला। पुराना कुरालाई लिएर मन अशान्त रहनेछ। दाम्पत्य जीवनमा मंगलको प्रभावले गर्दा वैचारिक मतभेद वा चिड़चिडापन बढ्नेछ त्यसैले सम्बन्धमा धैर्य वा विचारशील भएर निर्णय लिनुहोला। विद्यार्थीहरूलाई प्रतियोगीमूलक विषयवस्तुको तयारीमा सफलता मिल्ने योग छ। पारिवारिक परिस्थितिले अध्ययनमा ध्यान भंग हुन सक्छ धेरै समय दिन नसकेतापनि समयको प्रभावले परिणाम राम्रै रहनेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्ला। नोकरी वा पेशामा सहकर्मीहरूसँग विनम्र व्यवहार राख्नुहोस्। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। रक्तचापको समस्या र नशासम्बन्धी समस्या वा कामलाई लिएर अतिरिक्त चिन्ता बढ्नेछ सावधान रहेर स्वास्थको ख्याल राख्नुहोला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको सुरुवात गर्नुहोला आत्मबलमा वृद्धि हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि महिना राम्रै रहेको छ। तृतीय स्थानमा सूर्य, शुक्र मंगल र बुधको गोचरले गर्दा मेहनतबाट आयस्रोत बढाउन सकिनेछ। व्यापार व्यवसायमा मार्केटिङ र सेल्स डिपार्टमेन्ट वा मिडियाको क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ। कार्यक्षेत्रमा कामले गति लिनेछ। धार्मिक यात्रा सम्बन्धी कुराकानी अगाडि बढ्नेछन्। अनावश्यक विवादबाट टाढा बस्नु राम्रो रहेको छ। परिवारसँग व्यावहारिक सम्झौता गर्नुपर्ला। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ। कार्यक्षेत्रमा पराक्रम बढ्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। भूमि वा कृषिक्षेत्रबाट विशेष प्राप्त गर्न सकिएला। उद्योग धन्दामा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। स्वास्थ्यमा थकानको अनुभूति वा सानो सानो कुरामा छिटो रिस उठ्ने प्रवृत्ति देख्न सकिन्छ। सानातिना चोटपटकबाट जोगिनुहोस्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना मिश्रित रहनेछ। सूर्य, मंगल, बुध र शुक्रको द्वितीय भावमा गोचरले गर्दा आर्थिक पक्ष कमजोर रहनेछ साथै पारिवारिक जरुरत पूर्तिको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा मन्दी आएपनि नियमित आम्दानी भइरहनेछ। व्यापारिक क्षेत्रमा हलचल भईरहनेछ। नजिकको आत्मीय व्यक्तिले व्यवहारमा कडापन देखाइदिनाले मन उदास रहनसक्छ। सानातिना कुरामा मतभेद वा संवेदनशील प्रक्रिया आईरहने सम्भावना भएकाले धैर्यपूर्व कुरा मिलाउँदै जानु नै उचित रहेको छ। परिश्रम गर्नेहरूलाई सम्भावनाको वाटाहरू प्रशस्तै फेला पर्नेछन्। भावना अभिव्यक्ति गर्दा कठोरता देखिनाले साथीभाइहरू टाडिन सक्छन्। विद्यार्थीहरूलाई अध्ययन वा प्रतियोगी परीक्षाहरूमा सकारात्मक परिणामले लक्ष्य प्राप्तिमा सरलता र उत्साह बढाउनेवाला रहनेछ। अनुसन्धान वा गहन विषय तर्फ झुकाव बढ्नेछ। कार्य कुशलताले शिक्षकहरूको मन जित्न सकिनेछ। प्रेम सम्बन्धमा भावनात्मक उतारचढावमा आउनसक्छ। प्रेमीप्रति शंका वा हतारको प्रतिक्रियाले स्थीति विपरीत होला। स्वास्थ्यको दृष्टिकोणले मानसिक तनाव र पाचन सम्बन्धी समस्या देखिन सक्छ। नाक, कान, घाँटीमा समस्या र मौसमी बिमारीहरूबाट विशेष रुपबाट जोगिनुहोला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको लग्नस्थानमा गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। शुभ योगको प्रभावले गर्दा मनमा चिताएका कार्यहरू पूरा हुनेछन्। कुनै विशेष उपलब्धि हात पार्न सकिनेछ। सामाजिक काम कार्यमा रुचि बढ्नेछ। प्रयत्न गर्दा व्यापार व्यवसायमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। लगानीमा विस्तार गर्ने वा रोकिएको कार्यलाई अघि बढाउने सकारात्मक संकेत देखिएको छ। दाम्पत्य जीवन र साझेदारी व्यापारमा आपसी समझदारीको कमी देखिएला त्यसैले संयमित भएर साझेदारी निभाउनुहोला। परिवारभित्र जिम्मेवारी वा अपेक्षाहरू बढ्नेछन्। अहंकार वा तर्क वितर्कले आत्मीय सम्बन्धमा दूरी ल्याउन सक्छ। शैक्षिक क्षेत्रलाई लिएर आत्मविश्वासमा वृद्धि वा लक्ष्य प्राप्तिको लागि लगनशील भएकाले प्रतिस्पर्धा लगायतका परीक्षा, कला आदिको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा भावात्मक तनाव र आवेग बढ्न सक्छ। बोलिको तिखोपनले गर्दा सम्बन्धमा मधुरताको कमी रहनेछ शब्द चयन उचित ढंगले गर्दा आफ्नो अनुकुल सम्बन्ध होला। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। टाउको दुख्ने वा आँखा सम्बन्धी समस्याले सताउन सक्छ। पुरानो रोगहरु बल्झिने सम्भावना देखिएको छ। ब्लड प्रेसर सम्बन्धी समस्या वा मंगल लाग्नमा भएकाले जोखिमप्रति आकर्षण बढ्नेछ त्यसैले हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको गोचरले व्यापार व्यवसायमा घाटा हुनसक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रको मामिला जटिल र सङ्घर्षशील रहेको छ। खर्चमा उल्लेखनीय वृद्धि हुनेछ त्यसैले सोच विचार गरेरमात्र धन खर्चिनुहोला। कानुनी काममा सफलता हात नलाग्ने सम्भावना हुनाले कागजी विधि र प्रक्रियागत कुराहरुमा पहिल्यै ध्यान पुर्याउनु उत्तम रहला। आश्वासन बढाउनेहरूले प्रतिज्ञा पूरा गर्न सक्ने योग छैन तसर्थ आशा गरेतापनि भर नपर्नु उचित हुनेछ। परिस्थिति विपरीत भएतापनि योजना बनाएर कार्य गर्दा सफलता मिल्नेछ। वैदेशिक रोजगारका यात्रा लाभदायी रहनेछन्। चुनौतीभित्र नै अवसर खोज्ने प्रयास गर्नुहोस् साथै यो महिना सकेसम्म चलिरहेको कामलाई नै निरन्तरता दिनुहोस्। नोकरी वा पेशामा अरूको विवादमा हात हाल्नबाट सकेसम्म जोगिनुहोस्। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। विद्यार्थीहरूलाई आफ्नो करियरको विषयवस्तुलाई लिएर मानसिक अस्थिरताले सताउँनेछ। अध्ययन अध्यापनमा एकाग्रताको कमी आउनेछ त्यसैले स्थिर चित्तको साथ रहनु लाभदायक हुनेछ। सम्बन्धमा एकअर्काप्रति प्रतिक्रिया दिनुभन्दा समझदारीले केहिपनि कुराको निर्णयमा जाँनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूको सहयोग वा सद्भाव प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर संवेदनशील रहनुहोस् र खानपानमा ध्यान पुर्याउनुहोला। मानसिक अशान्ति वा चिन्ताले ऊर्जा घटाउन सक्छ। विश्राम, ध्यान र पर्याप्त निन्द्राको समय छुट्याएर दिनचर्या बिताउँदा लाभकारी रहनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना शुभ रहेको छ। एकादश भावमा सूर्य, शुक्र, मंगल र बुधको गोचरले गर्दा व्यापार व्यवसाय र शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्राप्त भईरहनेछन्। सम्मानित पद र त्यो पदको माध्यमबाट प्रतिष्ठा पनि प्राप्त हुनेछ। मेहनत वा परिश्रमले सफलताको उँचाई प्राप्त गर्न सकिएला। मेहनतीहरूको लागि नोकरी वा पेशामा पदोन्नति को मार्ग प्रशस्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा पनि प्रभाव बढ्नेछ। पहिलाबाट चलिरहेको प्रतिकूल स्थिती अनुकूल हुनाले भविष्यप्रति सफलताको आशा जाग्नेछ। केही पुराना प्रयास वा रोकिएका कामहरूबाट लाभको योग देखिन्छ। विवाहितहरूको लागि पतिपत्नि बीचको सम्बन्धलाई अझै सुमधुर बनाउने अवसरहरू देखिनेछन्। विद्यार्थीहरूको लागि यो महिना राम्रो रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा गलत बुझाइ हुने सम्भावना देखिएको छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवनमा व्यवहारिक स्पष्टता भएमा लाभदायी रहनेछ। सामूहिक रुपमा मिलेर कार्य गर्नाले व्यापार विस्तार गर्नमा सहायक हुनेछ। स्वास्थ्यको दृष्टिकोणलाई लिएर समय राम्रो देखिएको छ। अनियमित दिनचर्याबाट जोगिनुहोस्। व्यायाम वा योगलाई प्राथमिकता दिनाले शारिरीक र मानसिक स्फुर्ती महिना भरिनै रहनेछ।