बिहिबार, १० बैशाख २०८३
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसअनुसार रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३, राप्रपाले १ र स्वतन्त्र १ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ मतगणना जारी छ । कुल खसेको एक करोड ९ लाख ७७ हजार ७११ मतमध्ये सोमबार राति २ बजेसम्म १ करोड १ लाख १३ हजार ६२३ मतगणना भएको छ । थ्रेसहोल्ड कटाउन कुल सदर मतको तीन प्रतिशत ल्याउनुपर्छ ।
अहिलेसम्मको बदर मतको अनुपात हेर्दा थ्रेस होल्ड कटाउन करिब ३ लाख १७ हजार ८ सय मत ल्याउनुपर्छ । लगभग अन्तिम चरणमा पुगेको गणनाअनुसार ६ वटा पार्टीले मात्र थ्रेसहोल्ड कटाउने देखिन्छ । रास्वपाले ४८ लाख ११ हजार ६७३ (४८.०२%), कांग्रेसले १६ लाख १८ हजार ८३८ (१६.२३%), एमालेले १३ लाख ४८ हजार ३६८ (१३.५३%), नेकपाले ७ लाख ३२ हजार ९९२ (७.३३%), श्रम संस्कृतिले ३ लाख ४१ हजार ३२ (३.४०%) र राप्रपाले ३ लाख १५ हजार ४३८ (३.१६) मत पाएको छ ।
थ्रेसहोल्ड कटाउने दलको मात्र हिसाब गर्दा रास्वपाले ५२.३८%, कांग्रेसले १७.७१%, एमालेले १४.७६%, श्रम संस्कृतिले ३.७१% र राप्रपाले ३.४४% मत पाएका छन् । बाँकी मत पनि यही अनुपातमा पाए समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४/४ सिट पाउने देखिन्छ । अन्तिम गणना आउँदासम्म एक सिट तलमाथि हुन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।