सोमबार, ७ बैशाख २०८३
काठमाडौं । सरकारले २१ फागुनमा तोकेको प्रतिनिधिसभा निर्वाचनका लागि दिन प्रतिदिन नयाँ किसिमका सुरक्षा चुनौती थपिएका छन् । २३ र २४ भदौमा काठमाडौंसहित देशैभर भएको जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बनेको सरकारले २१ फागुनलाई निर्वाचनको मिति तोके पनि सुरक्षा चुनौती भने थपिइरहेका छन् ।
७ मंसिरमा घोषणा गरिएको विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलन, एमालेले काठमाडौंमा गर्ने भनेको शक्ति प्रदर्शन, भोलेन्टियर्स फोर्सको घोषणा, नेपाली कम्युनिस्ट पार्टीको शक्ति प्रदर्शनलगायतका विभिन्न राजनीतिक प्रदर्शनलगायतका गतिविधिमा सुरक्षा चुनौती देखिएको छ । विघटित प्रतिनिधिसभामा रहेका दलका गतिविधि तथा दलहरूसँग असन्तुष्ट जेनजीका प्रतिकारात्मक गतिविधिमा सुरक्षा चुनौती देखिएको सुरक्षा सम्बद्ध अधिकारीहरू बताउँछन् ।
तोके पनि अवस्था सोचेजस्तो सहज नबनेको सबैको साझा निष्कर्ष छ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजी आन्दोलनका क्रममा निर्माण भएका जेनजीका विभिन्न समूहका आफ्नै माग, अडान र गतिविधिका कारण समग्र सुरक्षा प्रणालीलाई नै गम्भीर बनाएको सुरक्षा स्रोतको दाबी छ ।
समग्र शान्ति सुरक्षामै समीक्षा गर्नुपर्ने गरी विभिन्न गतिविधिको सूचना आइरहेको समीक्षा गरिरहेका राज्यका सुरक्षा निकायहरू सबै जिम्मेवार भएको खण्डमा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भने सकिने निष्कर्षमै छन् । हालै सम्पन्न केन्द्रीय सुरक्षा समितिको बैठक, एकीकृत सुरक्षा रणनीतिको तयारीमा रहेका सुरक्षा सम्बद्ध अधिकारीहरू र सुरक्षा सूचना विश्लेषण संयन्त्रको तयारीले भने निर्वाचनलाई प्रभाव पार्ने विभिन्न खतरा रहेको रिपोर्ट संकलन गरिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ।