शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ४ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।