सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अफगान सीमा क्षेत्रमा पाकिस्तानी सेनाको कारबाहीमा, २३ आतङ्ककारी मारिए

पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीहरूको मृत्यु भएको जनाएको छ । आतङ्कवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले  विज्ञप्तिमा मार्फत जनाएको छ ।  “पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इस्लामावादले नियमित रूपमा काबुललाई आतङ्कवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ । पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ । यद्देपी आक्रमणको जिम्मेवारी भने  पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ । पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । 

एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरु बन्द भएका छन् । अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गर्दै आएका छन् ।