सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ जना घाइते

तानसेन (पाल्पा), २६ मङ्सिरः पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।