बिहिबार, १० ब‌ैशाख २०८३

images

बिहिबार, १० ब‌ैशाख २०८३

बिहिबार, १० ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आफ्नै अनुसन्धानको कम्पनीमा श्रीमतीको सेयर ! विभाग प्रमुख ठाकुरमाथि स्वार्थ द्वन्द्वको प्रश्न

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर विवादमा तानिएका छन्। विभागकै सिफारिसमा अनुसन्धानको दायरामा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलेपछि स्वार्थ द्वन्द्वको गम्भीर प्रश्न उठेको हो। सार्वजनिक कागजातअनुसार भट्टसँग जोडिएको हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको देखिएको छ। 

यता, सोही भट्टविरुद्ध विभागकै पहलमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढिरहेको छ र उनी हाल प्रहरी हिरासतमा छन्। महानिर्देशक ठाकुरले भने उक्त लगानी आफूले गरेको स्वीकार गरेका छन्। उनले बैंक ऋण र सञ्चय कोषमार्फत लगानी गरिएको र सबै प्रक्रिया कानुनी दायराभित्रै रहेको दाबी गरेका छन्। “यसमा कुनै अवैध उद्देश्य छैन,” उनले स्पष्ट पारे।

तर एउटै व्यक्तिमाथि अनुसन्धान गरिरहेको निकायका प्रमुखकै परिवारले सोही व्यक्तिसँग सम्बन्धित कम्पनीमा लगानी गरेको तथ्य बाहिरिएपछि निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन्। यस विषयमा सरोकारवालाहरूले थप छानबिन र स्पष्टिकरणको माग गरिरहेका छन्।