सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

(धनुषा), २८ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गर्नुभएको छ । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन आज प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँले वक्तव्यको अन्तिममा राजीनामा घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गर्नुभयो । सिंहले राजीनामा घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सिके राउतलाई विभिन्न आरोपसमेत लगाउनुभयो । मुख्यमन्त्रीको बहिर्गमनसँगै अब मधेस सरकार गठनको लागि बाटो खुलेको छ ।