शनिवार, ३० जेठ २०८३

images

शनिवार, ३० जेठ २०८३

शनिवार, ३० जेठ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

थकान हटाउने भरपर्दो विकल्प : इनर्जी ड्रिंकको बजार तीव्र गतिमा विस्तार?

काठमाडौं । विश्वव्यापी पेय पदार्थ उद्योगमा पछिल्ला दुई दशकयता सबैभन्दा तीव्र गतिमा विस्तार भएको क्षेत्रमध्ये इनर्जी ड्रिंक उद्योग पनि एक हो। एक समय खेलाडी र विशेष समूहका लागि लक्षित मानिने यस्ता पेय पदार्थ आज विद्यार्थी, कर्मचारी, व्यवसायी, चालक, फिटनेसप्रेमी तथा युवा पुस्ताको दैनिक जीवनशैलीको हिस्सा बन्दै गएका छन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा इनर्जी ड्रिंकको बजार उल्लेखनीय रूपमा विस्तार भइरहेको छ । किराना पसलदेखि सुपरमार्केट, जिम सेन्टर, क्याफे तथा अनलाइन प्लेटफर्मसम्म यस्ता उत्पादनहरू सहज रूपमा उपलब्ध हुन थालेका छन्। बजारमा ‘एक्सट्रिम’ लगायत विभिन्न ब्रान्डहरूले आफूलाई ऊर्जा, सक्रियता, एकाग्रता र प्रदर्शनसँग जोडेर प्रस्तुत गरिरहेका छन्।आजभोली उपभोक्ताका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक निक्कै लोकप्रिय बनेको छ। बजारमा उपलब्ध अन्य इनर्जी ड्रिंकको तुलनामा एक्स्ट्रिम इनर्जी ड्रिंकको  स्वाद, गुणस्तर र पहुँचका कारण एक्स्ट्रिमले नेपालको नम्बर १ इनर्जी ड्रिंकको स्थान कायम राखेको छ। 

एक्स्ट्रिमले कसरी काम गर्छ?
एक्स्ट्रिम इनर्जी ड्रिंकमा क्याफिन, टाउरिन, भिटामिन बी समूह तथा चिनी जस्ता तत्वहरू हुने भएकाले ति तत्वहरूले शरीरमा ऊर्जा उत्पादन प्रक्रियालाई सक्रिय बनाउँदै थकान कम गर्न, सतर्कता बढाउन र निद्रा लाग्ने अवस्थालाई घटाउन मद्दत गर्छन्। लामो समय अध्ययन गर्नुपर्ने,ब्यायाम गर्ने,खेलकुदमा भाग लिने, राति काम गर्नुपर्ने वा लगातार एकाग्रता आवश्यक पर्ने अवस्थामा यो ऊर्जा पेय उपयोगी हुन सक्छ।

इनर्जी ड्रिंकबारे भ्रम र वास्तविकता
धेरैले ऊर्जा पेयमा अत्यधिक क्याफिन हुन्छ भन्ने विश्वास गर्छन्। तर वास्तविकता फरक छ। ऊर्जा पेयमा क्याफिनको मात्रा थोरै राखिएको हुन्छ । धेरै ऊर्जा पेयमा कफीमा पाइनेभन्दा कम क्याफिन हुन्छ।त्यस्तै टाउरिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एक प्रकारको एमिनो एसिड हो। यसले स्नायु प्रणाली तथा मस्तिष्कको कार्यक्षमता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। अत्यधिक थकान, तनाव वा ऊर्जा खर्च हुने अवस्थामा शरीरले पर्याप्त टाउरिन उत्पादन गर्न नसक्ने भएकाले आधुनिक ऊर्जा पेयमा यसको उचित मात्रा समावेश गरिएको हुन्छ । 

त्यस्तै ऊर्जा पेयमा समावेश भिटामिन बी पानीमा घुल्ने भिटामिन हुन्। शरीरमा बढी भएमा यी प्राकृतिक रूपमा बाहिर निस्कन्छन्। यी भिटामिनहरूले ऊर्जा उत्पादन प्रक्रिया सक्रिय बनाउनुका साथै स्नायु प्रणाली र मस्तिष्कको कार्यसम्पादनलाई सहयोग गर्छन्। साथै थकान कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्छन्। अर्को कुरा ग्लुकोज मस्तिष्कका लागि महत्वपूर्ण ऊर्जा स्रोत हो। विशेषगरी दिउँसोको थकान, शारीरिक श्रमपछिको कमजोरी वा निरन्तर काम गर्नुपर्ने अवस्थामा चिनीले शरीरलाई छिटो ऊर्जा प्रदान गर्न मद्दत गर्छ। ऊर्जा पेयहरूमा विभिन्न स्वाद र आवश्यकता अनुसार चिनीको मात्रा फरक–फरक राखिएको हुन्छ। 

नेपालमा सम्भावना र अवसर 
नेपाल युवा जनसंख्या धेरै भएको देश हो। शहरीकरण, डिजिटल जीवनशैली, फिटनेस संस्कृतिको विस्तार तथा आधुनिक खुद्रा बजारको विकासले इनर्जी ड्रिंक उद्योगका लागि नेपालमा ठूलो अवसर सिर्जना गरेको छ। विशेषज्ञहरूका अनुसार आगामी वर्षहरूमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डबीच प्रतिस्पर्धा अझ तीव्र हुने सम्भावना छ। नयाँ स्वाद, स्वास्थ्य केन्द्रित उत्पादन तथा नवप्रवर्तनमा आधारित ब्रान्डहरूले बजारमा थप स्थान बनाउन सक्ने देखिन्छ।

व्यस्त जीवनशैली र युवापुस्ता 
आजको डिजिटल प्रविधिको विकाससँगै मानिसहरू बढी समय काम गर्ने र  अध्ययन तथा अनलाइन गतिविधिमा बढी समय बिताउन थालेका छन्। २१औँ शताब्दीको जीवनशैली पहिलेभन्दा अहिले धेरै फरक रुपमा पाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका विभिन्न अध्ययनहरूले आधुनिक समाजमा निद्राको अवधि घट्दै गएको र मानिसहरू बढी मानसिक तथा शारीरिक दबाबमा काम गरिरहेको देखाएका छन्। यस्तो अवस्थामा तत्काल ऊर्जा दिने उत्पादनप्रति आकर्षण बढ्नु स्वाभाविक मानिन्छ। 

इनर्जी ड्रिंक उद्योगले यही आवश्यकतालाई बजार अवसरका रूपमा उपयोग गरेको देखिन्छ। त्यस्तै इनर्जी ड्रिंकको सबैभन्दा ठूलो उपभोक्ता समूह भनेको नै युवापुस्ता हो। युवाहरू नयाँ स्वाद, आधुनिक प्याकेजिङ, आकर्षक डिजाइन र सामाजिक प्रतिष्ठासँग जोडिएका उत्पादनप्रति बढी आकर्षित हुने गर्छन्।‘एक्सट्रिम’ ब्रान्डले प्रयोग गर्ने रंग, लोगो, ग्राफिक्स तथा सन्देशहरू विशेषगरी युवा पुस्तालाई लक्षित गरेर डिजाइन गरिएका हुन्छन। विज्ञापनमा प्रयोग हुने “Power Up Your Day”, “Boost Energy”, “Focus” जस्ता सन्देशहरूले युवाको आकांक्षा र महत्वाकांक्षालाई सम्बोधन गर्ने काम गर्दछन।

आम्दानीको अवसर
इनर्जी ड्रिंक उद्योग केवल उपभोक्ता बजार मात्र होइन,यो  ठूलो आम्दानीको अवसर पनि बनेको छ । उत्पादन, प्याकेजिङ, वितरण, विज्ञापन, खुद्रा व्यापार तथा डिजिटल मार्केटिङजस्ता क्षेत्रमा यसले हजारौँ व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्न गरेको छ । यिनीहरुले आफ्नो ब्रान्ड विकास तथा बजार प्रतिस्पर्धामार्फत आर्थिक गतिविधि बढाइरहेको पाइन्छ। उद्योगीहरूका अनुसार युवा जनसंख्या बढी भएको  देशहरूमा इनर्जी ड्रिंक बजारको भविष्य अझ उज्ज्वल देखिन्छ। 

फिटनेस उद्योग
नेपालमा पछिल्लो समय फिटनेस संस्कृतिको विकास तिब्र रुपमा बढिरहेको बेला इनर्जी ड्रिंक बजारलाई बलियो आधार दिएको छ।एक दशकअघि सीमित संख्यामा रहेका जिम सेन्टरहरू अहिले देशभर विस्तार भइसकेका छन्। स्वास्थ्यप्रति बढ्दो चेतना, सामाजिक सञ्जालमा फिटनेस ट्रेन्ड र खेलकुद गतिविधिको विस्तारले युवाहरूलाई शरीर र प्रदर्शनप्रति सचेत बनाएको छ। विशेषगरी छोटो भिडियो, चुनौतीपूर्ण खेल, फिटनेस अभियान तथा इन्फ्लुएन्सर मार्केटिङले इनर्जी ड्रिंकलाई आधुनिक जीवनशैलीको प्रतीकका रूपमा स्थापित गर्न मद्दत गरेको पाइन्छ । यसले ब्रान्ड र फिटनेस संस्कृतिबीच बलियो सम्बन्ध निर्माण गरिरहेको छ।

सचेत उपभोक्ता
हिजोको जस्तो आजका उपभोक्ताले पेय पदार्थलाई केवल तिर्खा मेटाउने वस्तुको रूपमा मात्र नभई व्यक्तिगत प्रदर्शनसँग जोडेर हेर्न थालेका छन्। सचेत सोचका कारण इनर्जी ड्रिंक बजारलाई पहिला स्वाद र मूल्यमा ध्यान दिने उपभोक्ताहरु अहिले अनुभव, उपयोगिता र जीवनशैलीसँग सम्बन्धित उत्पादन खोजिरहेका छन्। इनर्जी ड्रिंकले यही परिवर्तनलाई सफलतापूर्वक सम्बोधन गरेको छ। ‘एक्सट्रिम’ जस्ता ब्रान्डहरूले ऊर्जा, उत्साह र प्रदर्शनको सन्देशमार्फत युवा पुस्तासँग भावनात्मक सम्बन्ध निर्माण गर्न सफल भएका छन्।