शनिवार, ३० जेठ २०८३
काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। अरनिको यातायातको उक्त बसमा २५-३० जना सवार रहेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।