शनिवार, ३० जेठ २०८३
नेपालमा करिव ३० मिनेटभन्दा अघिबाट फेसबुकमा समस्या देखिएको छ । राजधानी काठमाडौंसहित देशभरका प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट आफै लगआउट हुने, एकाउन्ट लग इन नहुने, फिड लोड नहुने, तस्वीर र भिडियो पोस्ट नहुने, म्यासेन्जरमा म्यासेज पठाउन नसकिने,whatsapp नखुल्नेलगायतका समस्या देखिएका छन् । समस्याको कारण के हो भन्ने कुरा अहिलेसम्म खुलिसकेको छैन भने समस्या अहिलेसम्म समाधान भएको छैन ।पुनः लग-इन गर्न खोज्दा 'अनपेक्षित त्रुटि' वा 'केही गलत भयो'जस्ता सन्देशहरू देखिएका छन् । प्राविधिक समस्या देखिएको भन्दै प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।