शनिवार, ३० जेठ २०८३

images

शनिवार, ३० जेठ २०८३

शनिवार, ३० जेठ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मेट्रो रेल ‘डिपिआर’ का लागि आशयपत्र माग

काठमाडौँ, जेठ २५ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते (१५ जुन २०२६) सम्म आफ्नो आशयपत्र पेस गरिसक्नुपर्ने छ । उहाँले नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले नेपाली कम्पनीसँग मिलेर (संयुक्त) आशयपत्र पेस गर्नुपर्ने हुन्छ । आशयपत्र पेस गरेका कम्पनीको पहिला प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ । प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिने छ । आर्थिक मूल्याङ्कनमा सफल भएकामध्ये परामर्शदाता छनोट गरिने छ ।” आशयपत्र पेस गरेकामध्ये योग्यता, अनुभव र क्षमताका आधारमा परामर्शदाता छनोट गरिने बताउँदै उहाँले योग्यताका आधारमा ५० अङ्क, अनुभवका आधारमा ४० अङ्क र क्षमताका आधारमा १० प्रतिशत अङ्क प्रदान गर्ने मापदण्ड तोकिएको जानकारी दिनुभयो । सङ्क्षिप्त सूचीमा सूचीकृत हुनका लागि कम्तीमा ७० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।