शनिवार, ३० जेठ २०८३

images

शनिवार, ३० जेठ २०८३

शनिवार, ३० जेठ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कान्तिपथमा बन्दै विश्वस्तरीय पाँचतारे गन्तव्य, १५ अर्बको लक्जरी होटल म्यारियटको व्यवस्थापनमा

काठमाडौं । राजधानीको प्रमुख व्यापारिक तथा पर्यटकीय क्षेत्र कान्तिपथमा निर्माणाधीन बहुप्रतीक्षित अल्ट्रा–लक्जरी होटलको व्यवस्थापन विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेशनलले गर्ने भएको छ। नेपाली व्यवसायी दम्पति शेष घले र जमुना गुरुङको लगानीमा निर्माण भइरहेको उक्त होटल सञ्चालन तथा व्यवस्थापनका लागि सम्बन्धित पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो महत्वाकांक्षी परियोजना दक्षिण एसियाकै उत्कृष्ट तथा अत्याधुनिक लक्जरी होटलमध्ये एक बन्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको होटलमा अत्याधुनिक पूर्वाधार, उच्चस्तरीय आतिथ्य सेवा तथा विश्वस्तरीय सुविधा उपलब्ध गराइने जनाइएको छ। सम्झौताअनुसार होटल सञ्चालन, ब्रान्ड व्यवस्थापन तथा सेवा गुणस्तर कायम गर्ने जिम्मेवारी अब म्यारियट इन्टरनेशनलले सम्हाल्नेछ। यससँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल तथा आतिथ्य उद्योगको विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

परियोजना सम्पन्न भएपछि यसले नेपालमा लक्जरी पर्यटन प्रवर्द्धन, विदेशी पर्यटक आकर्षण तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। राजधानी काठमाडौंलाई उच्चस्तरीय आतिथ्य सेवाको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित होटल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको बताइएको छ।नेपालको पर्यटन तथा होटल उद्योगमा नयाँ आयाम थप्ने यस परियोजनाले अन्तर्राष्ट्रिय आतिथ्य बजारमा नेपालको उपस्थिति अझ बलियो बनाउने अपेक्षा गरिएको छ।